मलेसियाको सिन्डिकेट विवादमा प्रधानमन्त्री तहबाटै हस्तक्षेप

मलेसियामा नेपाली श्रमिक भर्नाका लागि सीमित म्यानपावर कम्पनीलाई मात्रै अधिकार दिने गरी अघि बढाइएको प्रक्रियाको विवाद प्रधानमन्त्री तहमा पुगेको छ ।
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मंगलबार बिहान मलेसियाका समकक्षी अनवर इब्राहिमसँग टेलिफोन वार्ता गर्दै मलेसियाको रोजगारीमा देखिएको सिन्डिकेट र बिचौलिया प्रणाली अन्त्य गर्न आग्रह गरेका छन् ।

उनले नेपालका तर्फबाट यस्तो व्यवस्था स्वीकार्य नहुने स्पष्ट पार्दै समस्या समाधानका लागि दुवै देशका श्रममन्त्रीबीच प्रत्यक्ष वार्ता गराउन मलेसियाली प्रधानमन्त्रीलाई आग्रह गरे ।

प्रधानमन्त्री शाहले मलेसियाली समकक्षीसँगको कुराकानीमा नेपाल–मलेसिया श्रम सम्बन्धलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मितिः   २०८३ असोज ६ at 5:13 pm 

  • कमेन्ट (Comment)