
जुम्लाको चन्दननाथ नगरपालिका वडा नं ३ स्थित सिमखाडा गाउँका दुई वटा घरमा आगलागी भएको छ।
बिजुलीको तार बाट २ वटा घरमा आगो लाग्दा दुवै घर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक क्षेदी लाल कामतीले बताए।
कामतीका अनुसार आगलागी हुनेमा स्थानिय खीप प्रसाद उपाध्याय र धर्म प्रसाद उपाध्यायको घर रहेको छ। दिउँसो करिव २:३० मा आगलागी भएको हो। मानविय क्षेति हुन नसके पनि दुवै घर जलेर पूर्ण रुपमा नष्ट भएको र थप क्षेतिको विवरण आउन बाँकी रहेको कामतीले जनाएका छन्।
हाल आगो नियन्त्रणमा आएको कामतीले बताए। उनले भने; आगो निभाउन नगर प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी लाई खटाईएको छ ।गाउँमा पानीको अभावका कारण आगो नियन्त्रण गर्न असहज भएको हो।











विश्व प्रकाश । २०८१ माघ २१