पूर्वप्रधानमन्त्री माधव नेपालसहित ९३ जनाको भ्रष्टाचार मुद्दा अन्तिम चरणमा

पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपाल सहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ अन्तिम चरणमा पुगेको छ । विशेष अदालतका अध्यक्ष  वासुदेव आचार्य र सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ जेठ २२ गते भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

यसअघिको आदेश अनुसार यो मुद्दामा  नेपाल नेतृत्वको क्याबिनेटका मन्त्री डा.मीनेन्द्र रिजालसहित आठ जनाको बकपत्र  बकपत्रका लागि झिकाएको थियो । पूर्वमन्त्री मृगेन्द्रसिंह यादव, रकम चेम्जोङ, उमाकान्त चौधरी, महेन्द्रप्रसाद यादव लगायतलाई बकपत्रमा उपस्थित हुन भनिएको छ । अख्तियारमा कागज गर्ने पदमराज भट्ट र जगन्नाथ पन्तलाई पनि उपस्थित हुन आदेश भएको थियो ।

नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी गरेको थियो । तत्कालीन प्रधानमन्त्रीको हैसियतमा नेपालले पदको दुरुपयोग गर्दै सरकारी सार्वजनिक सम्पत्ति व्यक्तिगत र संस्थागत स्वार्थमा हस्तान्तरण गराएको तथा भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको आरोप अख्तियारले लगाएको छ ।

प्रकाशित मितिः   २०८३ भाद्र ३१ at 11:58 am 

  • कमेन्ट (Comment)