कर्णाली प्रतिष्ठानले पायो नयाँ नेतृत्व, रजिष्टारमा प्रकाशचन्द्र खत्री

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले नयाँ नेतृत्व पाएको छ। प्रतिष्ठानका विभिन्न चार महत्वपूर्ण पदमा नयाँ पदाधिकारी नियुक्त भएका छन्।
प्रतिष्ठानको रजिष्टारमा जुम्ला बहुमुखी क्याम्पसका प्रमुख तथा तातोपानी गाउँपालिका–४ निवासी प्रकाशचन्द्र खत्री नियुक्त भएका छन्। त्यस्तै रेक्टरमा धर्म सुवेदी, निर्देशकमा विनम्र विष्ट र डिनमा सन्दीप श्रेष्ठ नियुक्त भएका हुन्।
रजिष्टार पदका लागि विभिन्न चरणको छनोट प्रक्रिया पार गरेका खत्रीले प्रतिष्ठानको प्रशासनिक नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका छन्।
नवनियुक्त चारै जना पदाधिकारीले आजै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शपथ लिने कार्यक्रम रहेको प्रतिष्ठान स्रोतले जनाएको छ।

प्रकाशित मितिः   २०८३ भाद्र २५ at 11:59 am 

  • कमेन्ट (Comment)