भदाै १० गते भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोका कारण ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै जुम्लामा दीप प्रज्वलन कार्यक्रम गरिएको छ ।
जुम्ला बजारस्थित कृष्ण मन्दिर अगाडि जुम्ला युथ मुभमेन्टको आयोजनामा सोमबार साँझ दीप प्रज्वलन गरिएको हो । कार्यक्रममा सहभागीहरूले दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै दीप बालेर मौन श्रद्धाञ्जली अर्पण गरेका थिए ।
कार्यक्रमस्थलमा ‘उनीहरू सधैं हाम्रो हृदयमा जीवित छन्’ भन्ने भावपूर्ण नारा लेखिएको थियो । सहभागीहरूले प्राकृतिक विपद्का कारण ज्यान गुमाएका नागरिकप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना समेत प्रकट गरेका छन्।
जुम्ला युथ मुभमेन्टका प्रतिनिधि अनुप थापाका अनुसार विपद ज्यान गुमाएकाहरूको सम्झना र परिवारजनप्रति ऐक्यबद्धता जनाउन दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको हो।











कनका खबर । २०८३ भाद्र २२