जुम्लामा जात्राको तयारी तिब्र पारिएको छ। भदाै ४ गतेदेखि कर्णालीमा लामाे समयसम्म लाग्ने सुरु हुँदैछ।
बुधबार जात्रालाई शान्तिपूर्ण ढंगले सञ्चालन गर्नकाे लागि प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेकाे संयाेजकत्वमा सुरक्षा निकाय र सराेकारवालाकाे बैठक बसेकाे थियाे।
जात्रा अवधीभर मादक पदार्थ बेचबिखन तथा सेवन गर्न पूर्ण रुपमा प्रतिबन्ध गर्ने गरि निर्यण गरिएको छ।
त्यस्तै खानेपानीको व्यवस्था गर्न खलङ्गा खानेपानी उपभोक्ता समिति र उद्योग वाणिज्य संघ जुम्लालाई अनुरोध गर्ने निर्णय भएको छ भने अस्थाई स्वास्थ्य शिविर र प्राथमिक उपचारको व्यवस्था गर्न जनस्वस्थ्य सेवा कार्यालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र चन्दननाथ नगरपालिकालाई जिम्मेवारी दिने निर्णय गरिएकाे छ।
जात्रा अवधीभर ट्राफिक व्यवस्थापन गर्न जिल्ला प्रहरी कार्यालय जुम्लालाई अनुरोध गर्ने, विद्युत व्यवस्थापन गर्न नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जुम्लालाई अनुरोध गर्ने तथा अस्थायी शौचालय र फोहोर व्यवस्थापन गर्न उद्योग वाणिज्य संघ र चन्दननाथ नगरपालिकालाई अनुरोध गर्ने निर्णय प्रजिअ घिमिरेले बताए।
उनका अनुसार जात्रा अवधीभर निर्णय कार्यान्वयनको लागि विषयगत कार्यालय, नागरिक समाज र स्थानीय तह समेत रहेको अनुगमन तथा सहजीकरण समिति गठन गर्ने, जात्रा अवधीभर स्वयं सेवक परिचालनको लागि नगर प्रहरी,एनसीसी अल्मुनाई र नेपाल स्काउटलाई अनुरोध गर्ने, जात्रा अवधीभर जिल्लाको समग्र शान्ति सुरक्षा, अपराध नियन्त्रणको लागि सबै सुरक्षा निकायसँग समन्वय गरिनेछ।
जात्रा अवधीभर जात्रा सञ्चालन हुने स्थानमा आपतकालीन अवस्थाको लागि वैकल्पिक मार्ग राखेर मात्र जात्रा सञ्चालन, जात्रा अवधीभर रकम माग गरि सर्वसाधारणलाई हैरानी गर्न नपाउने निर्णय भएकाे भनाइ छ।
कनका खबर । २०८१ साउन ३१