जुम्ला – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि जुम्लामा एक स्वतन्त्रसहित १० जनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन आयोगले ताेकेकाे निर्धारित कार्यतालिका बमोजिम जुम्लामा एक स्वतन्त्र सहित १० जनाले उम्मेदारी दर्ता गरेका हुन् ।
नेकपा एमालेबाट शान्तिलाल महत, नेपाली काङ्ग्रेसबाट दीप बहादुर शाही, नेकपाबाट नरेश भण्डारी, रास्वपाबाट बिनिता कठायत र राप्रपाका ज्ञान बहादुर शाहीले उम्मेदवारी दर्ता गरेका हुन् ।
यस्तै नेमकिपाबाट विर्खबहादुर रावत, प्रलोपाबाट मनऋषि धिताल नेजपाका रनिल बिक्रम शाही, नेकपा (माओवादी) बाट बिर्ख बहादुर शाही र स्वतन्त्रबाट भक्त बहादुर रावलले उम्मेदवारी दर्ता गरेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालय जुम्लाले जनाएकाे छ।











कनका खबर । २०८२ माघ ७