राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।
तिब्बततर्फबाट आएको बाढीले पुर्याएको क्षति, उद्वार, राहत र पुनर्स्थापनाका विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।
बैठक बिहान ९ बजे सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बस्ने रास्वपा सचिवालयले जनाएको छ ।
बैठकमा संसदमा रहेका सबै दलहरुलाई बोलाइएको छ ।
बुधबार आएको बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ। खोज तथा उद्धारको कार्य जारी छ । भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रका बस्तीहरु बगेका छन् ।











कनका खबर । २०८३ भाद्र ११