स्थानीय कृषि उपजमा आधारित दिवा खाजा कार्यक्रमका लागि प्रारम्भिक बैठक सम्पन्न

चन्दननाथ नगरपालिकामा स्थानीय कृषि उपजमा आधारित दिवा खाजा कार्यक्रम कार्यान्वयनका लागि प्रारम्भिक बैठक सम्पन्न भएको छ। कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जा (RERAS) अन्तर्गत आयोजित उक्त बैठक २०८२ साल जेठ २७ गते चन्दननाथ नगरपालिका, जुम्लामा सम्पन्न भएको हो ।

चन्दननाथ नगरपालिकाको आयोजनामा तथा World Food Programme को सहयोगमा सम्पन्न बैठकमा स्थानीय स्तरमै उत्पादन हुने कृषि उपजलाई विद्यालय दिवा खाजा कार्यक्रममा प्रयोग गर्ने विषयमा छलफल गरिएको थियो। कार्यक्रमले स्थानीय किसानलाई बजार सुनिश्चित गर्नुका साथै विद्यार्थीको पोषण सुधारमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा बोल्दै शिक्षा शाखा प्रमुख खडा नन्द चौलागाईले यस पहलले विद्यालयहरूमा ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे। त्यस्तै World Food Programme का प्रतिनिधि चक्र बहादुर जिसीले कार्यक्रमको उद्देश्य र कार्यान्वयन प्रक्रियाबारे जानकारी दिएका थिए ।

यस कार्यक्रमबाट चन्दननाथ नगरपालिकाका १९ वटा विद्यालय र १४ वटा बाल विकास केन्द्रका २ हजार २ सय ७ जना विद्यार्थी प्रत्यक्ष लाभान्वित हुने जनाइएको छ ।

प्रकाशित मितिः   २०८२ चैत्र २७ at 11:09 am 

  • कमेन्ट (Comment)