मानवताको सेवा नै सबैभन्दा ठूलो धर्म हो भन्ने सन्देशलाई आत्मसात् गर्दै, समूहले पाँच दिनको अवधिमा विभिन्न सेवा कार्यहरू सम्पन्न गरेको थियो। समूहकी साईराम बिना श्रेष्ठका अनुसार, १३ जना प्रसूति आमाहरूलाई सुत्केरी सेवा प्रदान गरियो भने ६ जना बालबालिकालाई पोषणयुक्त खानेकुरा वितरण गरिएको थियो। त्यसैगरी, २० जनालाई प्रसादसहित नारायण सेवा र ५ जना असहाय महिलालाई अन्नदान गरियो।
श्रेष्ठका भनाइमा, जन्म उत्सवलाई सेवाको माध्यमबाट मनाउन पाउँदा समूहका सबै सदस्यलाई ठूलो आत्मसन्तोष मिलेको छ। “हामीले हरेक बिहीबार भजन गर्ने परम्परा कायमै राखेका छौँ। तर, जन्म उत्सव विशेष दिन भएकाले यसमा सेवा कार्यलाई जोडेर थप भव्य बनाएका छौँ,” उनले भनिन्।
कार्यक्रमको सबै दिन भजन-कीर्तनसँगै सेवा कार्य सम्पन्न गरियो। यसले साई बाबाका शिक्षा र दर्शनलाई व्यवहारिक रूपमा जीवनमा उतार्ने प्रेरणा दिएको समूहको विश्वास छ।
सामाजिक सेवा र भक्ति भावनालाई एकसाथ अघि बढाउने यस प्रकारका कार्यक्रमले स्थानीय समुदायमा सकारात्मक प्रभाव पार्नुका साथै सत्य साई बाबाको शिक्षालाई प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान गरेको छ। आगामी वर्षहरूमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिने लक्ष्य रहेको समूहले जनाएको छ।
मानव सेवाका विविध क्रियाकलापले सत्य साई बाबाको ९९ औं जन्म उत्सवलाई जुम्लामा विशेष मात्र होइन, प्रेरणादायी पनि बनाएको छ।
विश्व प्रकाश । २०८१ मङ्सिर ९