टोप्ला–ईमिल्चा–जाजरकोट जाड्ने सडक निर्माण हुदैँ
- जुम्ला । कर्णाली प्रदेशको जुम्ला र जाजरकोट जोड्ने सडकको टोप्ला–ईमिच्छा–जाजरकोट सडक खण्ड निर्माण हुने भएको छ । जुम्लाको त्रिवेणी–ईमिच्छा–जाजरकोट जोड्ने सडक अन्तरर्गतको टोप्ला ईमिल्छा हुदैँ जाजरकोट जोड्ने सडक निर्माण गरिने भएको हो ।
जाजरकोट हुदैँ सुर्खेतको छिन्चु जोड्ने छोटो मार्गका रुपमा रहेको यो सडक टोप्ला–ईमिच्छा–जाजरकोट सम्मको सडक पूर्वाधार विकास कार्यालय जुम्लाले निर्माण गर्ने भएको छ ।
उक्त सडक निर्माणका लागि बहुवर्षिय योजनाका रुपमा स्रोत सुनिश्चित गर्दै कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले चालु आवमा १५ करोड ९० लाख बजेट विनियोजन गरेको छ ।
सोही बजेट अन्तरर्गत सडक विस्तारको काम अघि बढाउन पूर्वाधार विकास कार्यालय जुम्लाले ठेक्का आह्वान गरिसकेको छ । त्रिवेणी हुदैँ टोप्ला ईमिच्छा सम्म सडक निर्माण भईसकेको छ । उक्त सडक खण्डको त्रिवेणीदेखी टोप्ला सम्मको बीचको खण्डमा सडक डिभिजनले निर्माण गरेको छ । यो सडक जूम्लाको तातोपानीलाई समृद्ध बनाउने आधार बन्ने देखिन्छ । सडक विस्तारले पर्यटकीय क्षेत्र नदै डाबको प्रर्बद्धनमा समेत टेवा पुग्ने छ ।
भने टोप्ला देखी जाजरकोटको सिमा क्षेत्रमा जोड्ने सडक पूर्वाधार विकास कार्यालय जुम्लाले निर्माण गर्दै आएको छ । चालु आवमा विनियोजन भएको बजेटबाट निर्माण प्रक्रिया अघि बढाइएको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रुपक रावलले बताउनुभयो । न्युन बजेटका बीच कर्णालीको कठिन भूगोलमा नागरिकको चाहना अनुसारको, मापदण्ड विपरितको सडक निर्माण गर्नुपर्ने बाध्यता छ ।
उहाँले भन्नुभयो,‘टोप्ला–ईमिच्छा–जाजरकोट सडक निर्माणका लागि ठेक्का गरिसकेका छौ । हाम्रो टोप्ला–इमिल्चामा १५ करोड बढी बजेट सुरुको बिनियोजन भएको छ । यो रकम न्युन हो । यदपी सिमित बजेटबाटै काम अघि बढाएका छौ ।’
बहुवर्षिय योजनाका रुपमा टोप्ला–ईमिच्छा– जाजरकोट सडकमा १५ करोड बढी स्रोत सुनिश्चिता भएपनि अन्य जिल्लाको तुलनामा जुम्लामा न्युन विकास बजेट विनियोजन हुने समस्याले गरेको छ । जसले गर्दा जुम्लाको पूर्वाधार विकासले खास्सै गति लिन सकेको अबस्था छैन् ।
चिसो बढेसंगै निर्माण कार्य सबै रोकिएका छन् । ठेक्का प्रक्रिया टुग्याएर निर्माण व्यवसायीसंग सम्झौता गर्दै, साईट दिदैँ हिउँदपछि काम सुरु गर्ने तयारी छ । उक्त सडकलाई बहुवर्षिय योजनाको रुपमा फाईल स्वीकृतीका लागि जुम्लाबाट कर्णाली प्रदेश सभामा निर्वाचित देवेन्द्र बहादुर शाही र टेकराज पछाईले पहल गरेका थिए ।
हिमाको जोगिबाडामा पक्की पूल निर्माण तथा टोप्ला–ईमिच्छा–जाजरकोट सडक निर्माण तथा विस्तारका लागि बहुवर्षिय योजनाका रुपमा स्रोत सुनिश्चित गर्न प्रदेश सदस्य शाही र पछाईले लामो समयदेखी प्रयास गरेर सफल भएको हो ।
दुबै योजनाको ठेक्का आह्वान भईसकेकाले डिजाईन स्टमेट अनुसार काम गर्न, समयमै काम सम्पन्न गर्नका लागि स्थानीय नागरिकले पनि कार्यालयलाई सहयोग गर्न अनुरोध गरेका छन् ।
जिल्लाको आबश्यकता अनुसार सबैको पहल र समन्वयमा बहुवर्षिय योजना स्वीकृतीका लागि आफ्नो निरन्तर प्रयास जारी रहने उनको प्रतिबद्धता छ । यदपी कर्णालीका १० जिल्ला मध्य जुम्लामा बहुवर्षिय कम र ती योजनामा पनि बजेट सबैभन्दा न्युन हुने गरेको छ ।
प्रकाशित मितिः २०८२ पुष २२ at 11:13 am
कनका खबर । २०८२ पुष २२