चन्दननाथ ६ मा वडा स्तरीय विपद् व्यवस्थापन समितिलाई प्रथामिक उपचार सम्बन्धी दुई दिने तालिम

जुम्लाको चन्दननाथ नगरपालिका -६ को वडा स्तरीय विपद् व्यवस्थापन समिति, महिला स्वास्थ्य स्वयम् सेविका लगायत युवा क्लबका प्रतिनिधि, बाल क्लबका प्रतिनिधि र वडाका जनप्रतिनिधि लाई विपद व्यवस्थापन सम्बन्धी दुई दिने प्रथामिक उपचार प्रशिक्षण कक्षा प्रदान गरिएको छ।

६ नं वडाको आयोजनामा उक्त प्रशिक्षण कक्षा प्रदान गरिएको उक्त वडाका वडा सचिव श्रीजना महतले जानकारी दिएकी हुन्। उनकाअनुसार वडामा घट्ने विभिन्न घटनामा मानविय क्षेति हुन नदिन उनिहरुलाई प्रशिक्षण कक्षा दिईएको हो। उक्त प्रशिक्षण बाट वडा बासी प्रथामिक उपचार बारे पूर्ण रुपमा जानकार रहने विश्वास लिईएको उनको भनाई छ।

सोही वडाका वडाध्यक्ष रवि बहादुर थापाले आफ्नो वडा निकै जोखिमयुक्त रहेकाले यो प्रशिक्षण दिईएको बताए। उनले भने: यो तालिम पश्चात वडाका नागरिकले घटनाका क्रममा कुनै पनि जोखिम बेहोर्नु पर्ने छैन।

दुई दिने तालिमको आज पहिलो दिन रहेको छ भने दोस्रो दिनमा (भोलि) यसको समापन हुने भएको छ।

तस्विरहरु:

 

प्रकाशित मितिः   २०८२ पुष २० at 9:36 pm 

  • कमेन्ट (Comment)