जुम्ला। स्वीस रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको समन्वय तथा चन्दननाथ नगरपालिका संगको आर्थिक साझेदारीमा नेपाल रेडक्रस सोसाइटी जुम्ला जिल्ला शाखाद्वारा सञ्चालित शहरी पूर्वतयारी तथा आपत्कालिन प्रतिकार्य प्रवद्र्धन परियोजना अन्तर्गत साना स्तरको अल्पीकरण गतिविधि अन्तर्रगत नगरपालिका वडा नम्बर ५ को बजार क्षेत्रमा फायर हाइड्रेन्ट जडान कार्य सम्पन्न भएको छ ।
चन्दननाथ नगरपालिकाबाट गरिएको प्रकोप स्तरीकरण अनुसार आगलागी उच्च जोखिममा रहेकोले आगलागीबाट हुने जोखिमलाई न्यूनीकरण गर्न विपद्को अवस्थामा तुरुन्तै प्रतिकार्य गर्ने उद्येश्यले उक्त कार्य गरिएको हो ।
जम्मा १३ लाख ३७ हजार ४ सय ६८ रुपैयाँको लागतमा जडान गरिएको फायर हाइड्रेन्ट मा नेपाल रेडक्रस सोसाइटी सुपर परियोजनाको रु ३ लाख ९५ हजार १सय ६१ रुपैयाँ र वडा नम्बर ५ कार्यालयबाट ९ लाख ४२ हजार ३सय ७ रुपैयाँ आर्थिक लगानी रहेको नेपाल रेडक्रस सोसाइटी जुम्लाकी परियोजना अधिकृत ईश्वरा सुवेदीले जानकारी दिएकी हुन् ।
चन्दननाथ नगरपालिका वडा नं ५ का विभिन्न ६ स्थानमा फायर हाइड्रेन्ट जडान कार्य गरिएको छ । उक्त फायर हाइड्रेन्ट जडान गर्नमा नेपाल रेडक्रस सोसाइटी जुम्ला शाखाले आवश्यक सहयोग गरेका थियो । विगतको समयमा आगलागी हुदा बाल्टिन प्रयोग गरेर निभाउने गरिन्थ्यो ।
तर अहिले फायर हाइड्रेन्ट जडान गरिदा यस्ता घनना भै हाले पनि सहज रुपमा प्रयोग गरेर निभाउन सकिने र जन धनको क्षति हुनबाट बच्न सकिने टोलबासी परिमल सुनारले बताए ।
बजारका मुख्य क्षेत्रमा हाइड्रेन्ट जडान गरिएकाले सम्पुर्णले यसको संरक्षणमा हातेमालो गर्दै सभ्य नागरिकको परिचय दिन परियोजना अधिकृत ईश्वरा सुवेदीले आग्रह गरेकी छिन्।












कनका खबर । २०८२ असार २७