गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग अवरूद्ध 

जुम्ला । गएरातिको अविरल वर्षा पश्चात कर्णाली राजमार्गमा पहिरो खस्दा राजमार्ग अबरुद्व भएकाे छ । कर्णाली राजमार्ग अन्तरगत गगने खाेलामा आएकाे ठुला ढुंगा सहितकाे पहिराेले राजमार्ग अबरुद्व भएकाे सडक डिभिजन जुम्लाले जनाएकाे छ ।

उक्त पहिरोले विहान ६ बजेदेखि सडक अबरुद्व भएकाे सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चाैधरीले बताए । पहिराे पन्छाउनका लागि हेभी मेसिन सहित जनशक्ति परिचालन गरिएकाे डिभिजन प्रमुख चौधरीले बताएका छन्।

यो समयमा सडककाे अबस्था बुझेेर मात्रै यात्रा गर्न सडक डिभिजनले अनुुराेेध गरेकाे छ । सडक अबरुद्व भएपछि जुम्लादेखि सुर्खेत नेपालगन्ज जाने यात्रु बाहक तथा मालबाहक सवारी राेकिएका छन् ।

प्रकाशित मितिः   २०८२ असार १६ at 9:13 am 

  • कमेन्ट (Comment)