जुम्लाको खलंगा बजारमा गणेश मन्दिर निर्माण हुने

 

जुम्लाको चन्दननाथ नगरपालिका- ५ मुख्य बजारमा गणेश मन्दिर निर्माणका हुने भएको छ । मन्दिर निर्माणका लागि शिलान्यास सम्पन्न भएको छ।

मन्दिर निर्माणले स्थानीय समुदायको एकता र धार्मिक सद्भावलाई प्रोत्साहन गर्ने चन्दननाथ नगरपालिकाका मेयेर राजु सिंह कठायतले बताए।

निर्माण हुने मन्दिर धार्मिक स्थल मात्र नभई हाम्रो सांस्कृतिक पहिचानको प्रतीक बन्ने मेयर कठायतको भनाई छ।

मन्दिर निर्माणले पर्यटन प्रवर्द्धनमा पनि ठुलो योगदान पुग्ने चन्दननाथ नगरपालिकाका उपमेयर रामदेवी खड्काले बताईन् ।

यसले स्थानीय बासिन्दालाई मात्र नभई बाह्य पर्यटकलाई समेत आकर्षित गर्नेछ खड्काको भनाई छ ।

मन्दिर निर्माणका लागि आवश्यक बजेट र प्राविधिक सहयोग सुनिश्चित गरिएको प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढथापाले जानकारी दिए।

उनले भने ; हामीले यो परियोजनालाई समयमै सम्पन्न गर्न पूर्ण प्रतिबद्धता व्यक्त गरेका छौं ।

मन्दिरको डिजाइन र निर्माणमा गुणस्तरीयता र स्थानीय कला-संस्कृतिको समिश्रणलाई विशेष ध्यान दिइएको इन्जिनियर लोकेन्द्र महतले बताए।

उनले भने; हामीले मन्दिरलाई टिकाउ र आकर्षक बनाउन प्राविधिक पक्षमा विशेष जोड दिएका छौँ ।

प्रकाशित मितिः   २०८२ असार १२ at 8:57 am 

  • कमेन्ट (Comment)