आगामी वैशाख २२ गते तातोपानी गाउँपालिकाले महोत्सव सञ्चालन गर्ने

जुम्लाको तातोपानी गाउँपालिकामा आगामी वैशाख २२ गते महाेत्सव संचालन हुने भएको छ। स्थानीय परम्परा तथा संस्कृतिकाे संरक्षण गर्ने उदेश्यले महाेत्सव संचालन गरिने भएकाे हाे ।

ताताेपानी गाउँपालिकाकाे आयाेजना,चलचित्र बाेर्डकाे समन्वय र कर्णाली उत्थानशील अभियान नेपालकाे सहजीकरणमा महाेत्सव सञ्चालन हुने भएको हो ।

महाेत्सवमा स्थानीय कला सांस्कृति झल्कीने प्रस्तुती मात्र देखाइने भएको छ । महाेत्सवमा नायक प्रदिप खड्का,नायिक दिपाश्री निराैला, चलचित्र बाेर्डका अध्यक्ष दिनेश डिसी लगायतका चर्चित अभियनेताहरुको आगमन हुने भएकाे छ ।

नितान्त स्थानीय संस्कृति संरक्षण तथा प्रर्वद्वन गर्ने उदेश्यले महाेत्सवकाे आयाेजना गरिएकाे ताताेपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चाैलागाँइले बताए । उनका अनुसार हुड्के नाँच,पञ्चेबाजा,मागल,ढाल नाँच लगायतका प्रस्तुती राखिने छ।

प्रकाशित मितिः   २०८२ बैशाख १९ at 6:50 pm 

  • कमेन्ट (Comment)