जुम्ला । ईन्सेक जुम्ला द्वारा नेपाल मानवअधिकार वर्ष पुस्तकको सन् २०२६ का लागि अभिलेख गरिएको घटनाहरुको अर्धवार्षिक पूर्व समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार ईन्सेक जुम्लाले आयोजना गरेको अर्धवार्षिक पूर्वसमिक्षा कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख रविन बाबु रेग्मी , जिल्ला अदालत जुम्लाका श्रेस्तेदार महेन्द्र प्रसाद पौडेल , पत्रकार, साझेदार संस्था लगायत सरोकार वालाको उपस्थिती रहेको थियो। ईन्सेक जुम्लाका प्रतिनिधि मानदत्त रावलले सन् २०२५ जनवरी देखि यता ८ वटा घटना अभिलेिखकरण गरिएको बताएका छन्।
जसमध्ये सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोडका घटना २, जबर्जस्ती करणी तथा बलात्कारका २, बहुविवाहको १, राज्य तथा गैरराज्य पक्षबाट कुटपिटका २ र जातिय विभेदको १ गरी जम्मा ८ वटा घटना अभिलेखमा उल्लेख गरिएको छ।
ईन्सेक मानवअधिकार सम्बन्धि काम गर्ने संस्था भएको हुँदा जिल्ला प्रहरी कार्यालय संग समन्वय गरि काम गर्दा दुईपक्षीय फाईदा हुने जिल्ला प्रहरी कार्यालय प्रमुख रविन बाबु रेग्मीले बताए। तथ्याङ्क संकलन लगायतका घटना सम्बन्धित कामकाजमा सहयोग गर्न प्रहरी सदा हाजिर रहने रेग्मीको भनाई छ।
नागरिकलाई कानुन बारे सचेत गराउन आवश्यक रहेको जिल्ला अदालत जुम्लाका श्रेस्तेदार महेन्द्र प्रसाद पौडेलले बताएका छन् । साथै ईन्सेकलाई जिल्ला अदालत जुम्ला बाट हुन सक्ने सहयोग गर्न तत्पर रहेको श्रेस्तेदार पौडेलको भनाई छ।
ईन्सेकका काम र गतिविधिले समाज सुधारका पाटोमा टेवा पुर्याएको बारे छलफलमा प्रसंसा गरिएको हो। आगामी दिनमा सबैको राय सल्लाहले अगाडी बढ्न ईन्सेक जुम्लालाई सुझाव दिईएको छ।
कनका खबर । २०८२ असार ९