विश्व वातावरण दिवसको अवसरमा जुम्लाका विधालयमा वृक्षारोपण

जुम्ला । जुम्लामा विश्व वातावरण दिवसका अवसरमा वृक्षाराेपण गरिएकाे छ । डिभिजन वन कार्यालय जुम्लाको आयोजनामा विहिबार विहान चन्दननाथ नगरपालिका वडा नं ३ स्थित कर्णाली माध्यमिक विद्यालय अनामनगरमा बृक्षाराेपण गरिएकाे हाे ।

प्रमुख जिल्ला अधिकारी राम बहादुर शाही,सुरक्षा निकायका प्रमुख,उद्योग बाणिज्य संघका अध्यक्ष पुरिचन्द्र देवकाेटा,चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढथापा र पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चाैलागाँई लगायत सबै सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिकाे सहभागितामा विद्यालय परिसरमा बृक्षाराेपण गरिएकाे हाे ।

हरेक वर्ष जुन-५ तारिखमा विश्व वातावरण दिवस मनाईने गरिन्छ । यस वर्ष पनि जुम्लामा सोहि अवसर पारी वृक्षारोपण कार्यक्रम गरिएको हो। यस वर्ष “प्लाष्टिक प्रदुषण न्युनिकरण,हाम्राे दायित्व” भन्ने नारा तय गरिएकाे डिभिजन वन कार्यालय जुम्लाका प्रमुख भरत बहादुर बुढ्थापाले बताए ।

उनका अनुसार विश्व वातावर्ण दिवसका अवसरमा आज दिँउसाे नगरपाालिका भित्रका विद्यालय बीच हाजिरी जवाफ प्रतियाेगिता संचालन गरिने छ ।

पछिल्लाे समय बढ्दै गएकाे अव्यवस्थित विकासले वातावरणको चरम दाेहन भईरहेकाले वातावरणमैत्री पूर्वाधार विकासमा जाेड दिनु पर्ने डिभिजन प्रमुख बुढ्थापाले उल्लेख गरे ।

प्रकाशित मितिः   २०८२ जेष्ठ २२ at 1:08 pm 

  • कमेन्ट (Comment)