उपचार खर्च नहुँदा १५ वर्षकी शारदा नेपालीको बिचल्ली


दैलेख जिल्ला आठबीस नगरपालिका वडा नं. ६. निबासी बुबा पङ्ख नेपाली र आमा गौरा नेपालीकी छोरी वर्ष १५ कि  सारदा नेपाली २०८० माघ महिनामा रुख बाट लडेर सशक्त घाइते भएकी थिइन्। उक्त समयमा उपचार गर्न रिण गरेर नेपालगन्ज स्थित नर्सिङहोममा लिएको बुबा पङ्ख नेपालीले बताए।

आर्थिक अभावका कारण थप उपचारको जरुरत हुँदा पनि छोरीलाई बोकेर घर फर्किन बाध्य भएको उनको भनाइ छ। घरमा लिई सक्दा पुन: उपचार भने हुन सक्ने।

‘समय बित्दै जाँदा सारदाको शरीरमा ठुला ठुला घाउ निस्केर उनि प्यारालाइज अवस्थामा पुगिन्,’ उनले भने, ‘घाउ बल्झिदै जाँदा यति ठूलो रुप लियोकी भित्रको हड्डी समेत देखिन थाल्यो, घाउले बृहत रुप लिएपछि पुनः रिण काडेर अहिले काठमाडौको राष्ट्रिय ट्रामा सेन्टरमा नानीलाई उपचार गर्न ल्याएको छु।’

उनका अनुसार नगरपालिको सिफारिसमा अस्पतालले उपचार खर्च जम्मा एक लाख बेहोर्ने भनिएपनि अप्रेसन गर्न बाकिनै भएकोले खर्च कति लाग्ने हो थाहा छैन।

डाक्टरका अनुसार अहिले उनलाई स्पाइनल इन्जुरी भएको छ, चाडो अप्रेसन गर्न सके उनी हिँड्न सक्ने संभावना रहेको छ। हाल अस्पतालमा आफुहरु सँग पानी पनि किनेर खानेसम्म पैसा नभएको उनके बताए। साथै अप्रेसनको लागि पैसा कसरी जुटाउने भन्ने कुरामा सारदाका परिवार निकै चिन्तित छन्।

यो कठिन परिस्थितिमा सारदाका परिवारले सबै संग हारगुहार गरिरहेका छन्, ताकी कसैको सहयोगले छोरीलाई सक्षम बनाउन सकौं।

सहयोग गर्न चाहनुहुने महानुभावहरुले तल दिईएको विवरणमा पठाईदिनु अनुरोध गरिएको छ।
आमा : गौरा नेपाली
सम्पर्क नं. 9766694481
खातावाला : बिमल नेपाली
खाता नम्बर : 17422300877066000001
बैंक : मुक्तिनाथ बिकास बैंक
सम्पर्क नं. +9779865327899
बिनोद नेपाली
सम्पर्क नं. 9862660239

प्रकाशित मितिः   २०८१ जेष्ठ २९ at 1:49 pm 

  • कमेन्ट (Comment)