
मुगु। नेपाल कै प्रमुख पर्यटकिय केन्द्र मुगु जिल्लामा अवस्थित रारा तालको अबलोकन गर्न १० महिनामा १३ हजार बढी पर्यटक आगमन भएको छ ।गत श्रावण देखि बैशाख मसान्त सम्म रारा क्षेत्र घुम्न आन्तरिक तथा बाह्य पर्यटक गरि १३ हजार भन्दा बढी पर्यटकहरु रारा पुगेका हुन ।
रारा राष्ट्रिय निकुन्ज कार्यालयका निमित्त वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपानेले दिएको जानकारी अनुसार गत बैशाख मसान्त सम्म रारा घुम्न आएका पर्यटकहरुको संख्या हेर्दा विगतका वर्षहरु भन्दा यो वर्ष बढेको देखिएको छ ।
न्यौपानेले भने; यो अवधिमा आन्तरिक पर्यटक १२ हजार ७६१ जना,सार्क राष्टहरुवाट ४५ जना र अन्य देशबाट २०८ जना रारा घुम्न पुगेका थिए ।आथिक वर्ष २०८०/८१ मा १७ हजार २९७ जना पर्यटक रारा पुगेका थिए तर यो वर्ष बैशाख महिना मै १३ हजार बढी पर्यटक रारा पुगेकाले असार मसान्तसम्म अझै बढ्ने र गत वर्षभन्दा बढी पर्यटक रारा पुग्ने अपेक्षा गरिएको न्यौपानेको भनाई ।
-विभिन्न शिर्षकमा ४४ लाख ९१ हजार राजश्व संकलन
रारा राष्ट्रिय निकुन्जको कार्यालयले जेठ ५ गतेसम्म विभिन्न शिर्षकमा ४४ लाख ९१ हजार ८१२ रुपैया राजश्व संकलन गरिएको छ । जस मध्य पर्यटन शुल्कबाट ३१ लाख २७ हजार राजस्व उठेको र यो राजश्व शिर्षकमा डुङ्गा सवारी शुल्क समेत समावेश गरिएको राष्ट्रिय निकुन्ज कार्यालायले जनाएको छ ।
रारा घुम्न आउने पर्यटकहरु मध्य आन्तरिक पर्यटकलाई नेपाल सरकारले प्रति व्यक्ति रु १०००, सार्क राष्ट्रका नागरिकलाई रु १५०० र विदेशी अन्य देशका नागरिकलाइ रु ३००० पर्यटन शुल्क तोकेको छ ।
-सडक स्तरउन्नती नगरिदा रारा आउन सास्ती
राज्यले रारा पुग्ने सडक कर्णाली राजमार्ग र नाग्म गमगढी सडक स्तरउन्नती र त्यो पनि सडक मापदण्ड अनुसारको सुरक्षित सडक बनाउने हो भने अहिलेको भन्दा कयौ गुणाले रारा आउने पर्यटकहरुको संख्या बढ्ने रारा मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष विष्न बहादुर रावलले बताएका छन् ।
उनि भन्छन; सडकको अवस्था नाजुक छ,ठुला गाडी गुड्न सडक साघुरो छ,सेप्टिवाल,नाला छैनन,सिङललेन सडक छ,पानी,हिउँ पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुन्छ । भिरको सडक भएकाले ज्यान दाउमा राखेर यात्रा गर्नुपर्ने अवस्था हुदा त दैनिक सयौ पर्टकहरु रारा पुगिरहेका छन यदि मापदण्ड अनुसारको सडक र रारा विमान स्थलमा नियमित हवाइ उडान हुने हो भने कर्णाली प्रदेश कै आर्थिक अवस्थामा सुधार आउने देखिन्छ ।
रारामा पर्यटकमैत्री भौतिक पुर्वाधारको अभाव छ त्यसैले रारामा अझ बढी पर्यटन भित्राउन र पर्यटकहरुको रारा बसाइ लम्वाउन सरकारले बृहत् रारा विकास प्राधिकरण गठन गरि यहाँको सबै खाले विकासका लागि कदम चाल्नुपर्छ ।











मोहन शाही । २०८२ जेष्ठ १२