जुम्लामा माटोको ढिस्कोमा पुरिएर एक जना महिलाको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका वडा -६ कि अन्दाजी २५ वर्षीय बिमला सुनारकाे माटाेकाे ढिस्कोमा पुरिएर मृत्यु भएको हो ।
चन्दननाथ नगरपालिका वडा -४ स्थित मालाभिडमा रहेको माटीखानमा खनेर माटो निकाल्दै गर्दा एक्कासी माटोको ढिस्को खसेपछि पुरिएर शनिवार दिउँसो करिब साढे १ बजे मृत्यु भएको डिएसपी छेदिलाल कामतीले कर्णाली मिसनलाई बताए ।
मृत्तक बिमला सुनार सहित ५-६ जना माटो ल्याउन गएका रहेछन् ।’ उनले भने,‘एक्कासी माटोको ढिस्को खसेपछि बिमलाको पुरिएर निधन भएको र अन्य भागेर बाच्न सफल भएका छन् । माटीखानको भित्रीभागमा भएकोले बिमला सुनार भाग्न नसकेको बुझिएको छ ।’
शबको पोष्टमार्टका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
यता चन्दननाथ नगरपालिका वडा नंं ६ का अध्यक्ष रवि थापाले मृत्तकका आफन्त भेट्न अस्पतालतिर जान लागेको बताए ।मृत्तक बिमला सुनारका श्रीमान भने हाल बैदेशिक रोजगारीको शिलशिलामा देशबाहिर रहेका छन् ।
कनका खबर । २०८१ माघ १९