कसरी भनौं म हालत फर्की आउनेको।
जिब्रो कसैको छैन सब देखि आउनेको।
कम्ता होइन महेनत तीनको पनि राजन,
वर्षौं देखि आजसम्मै झुठो बोली आउनेको।
गल्ती कस्ले गर्यो गर्यो, म के भनौं,
होइन गल्ती चढाएर फुलपाती आउनेको।
यहाँ सबै सिपालुनै सिपालु छन्,
को भेटिएला र खै, साथी आउनेको?
पेट माथि कम छैन, तर्क उस्को पनि
पेटकै लागि आफ्नै, नाक काटी आउनेको।
आज यहाँ, भोलि त्यहाँ, पर्सी कहाँ कहाँ,
यही कथा हो साथी, घर छोडी आउनेको।
हाँसी हाँसी उस्ले, हात मिलायो मसँग,
हात कचिलै थियो, आँसु पुछी आउनेको।
आज पनि त्यस्तै छ अतलको मुहार,
हुन्छ जस्तो आफ्नाबाट बाँची आउनेको।
(गजलकार केयरलेसको उपन्यास ‘मिन्झारी’ महेन्द्र उपाध्यायको नाममा प्रकाशित छ।)
एमपी केयरलेस । २०८१ साउन १९