नेपाली शब्दकोशका अनुसार ‘झोले’शब्दको अर्थ:झोल भएको ,रसदार भन्ने हुन्छ । नेपाली राजनीतिमा यो शब्द निकै चर्चित, घृणित र गाली गर्नको लागि मुख मुखमा झुन्डिएको छ । कान कानमा ठोकिँदै गरेको छ । पछिल्लो समयमा राजनीति गर्दैन भनेर केही न केही, कोही न कोहीबाट परिचालित संयन्त्रकारी तत्व अनि पुर्व नेपाली अहिले विदेशी नागरिक बनेका अरुको देशलाई सबैभन्दा राम्रो आफ्नो देशलाई नराम्रो देख्ने, डिप्रेसनमा ग्रसित केही जमातले निस्वार्थ समाजसेवामा लागेका, परिवर्तनमा लागेका नयाँ पुस्ताहरुलाई, देश र जनताको पक्षमा नयाँ बिचार, सिद्धान्तको झोला बोक्ने बफादार सिपाहीलाई पनि कलात्मक परिवर्तनका बाधक तत्वहरुले त जस्तो झोले हैन म त स्वतन्त्र हो भन्छन् । सकारात्मक र नकारात्मक दृष्टिकोणबाट हेर्दा यो हास्यास्पद लाग्छ ।
त्यसो भएपछि एकपल्ट उल्टो दिशातिर फर्काएर हेर्नुपर्दा को हुन त झोले ? त्यही त भन्या आखिर को हुन झोले ? व्यक्तिवादमा हावी, स्वार्थको अग्लो पहाड बनाएका क्षमता बिहिन परजीवी जस्तो मानसिकता गलत र खराब प्रवृत्तिका अनुयायी सामुहिक नभएर एकलकाट्टे भक्तजन आफ्ना नेतृत्वका अपराधी क्रियाकलापलाई फुलबुट्टा भरेर झोलदार घोक्ने, झोलदार बिना बाँच्न नसक्ने रसीला पोषीला नक्कली छोटे शासक, आवारा र दलाल वर्गको नेतृत्व गर्ने, विकाश विरोधी, परिवर्तन विरोधी परजाती झोले हुन तीनको विभिन्न क्षेत्रमा एउटा भीड हुन्छ ।
को हुन त देश र जनताका बफादार सिपाही ? कहिलेकाहीँ आजभोली सामाजिक संजाल, चोक र चिया गफ, भट्टी गफमा छताछुल्ल निस्वार्थ पुरानोमा नयाँ केही गरौं, गलतको ठाउँमा सत्यको बीउ रोपौं भनेर लागेका एक्लो सत्यवादी व्यक्तिलाई गिज्याउँदै, जिस्काउँदै त्यो झोले, लौ झोले आयो भनेर गलत प्रचार गर्छन् । होच्याउने प्रवृत्तिको विकास भएको देखिन्छ सत्य त्यो हैन सत्य के हो भने देश र जनताको निम्ति अनवरत निस्वार्थ सेवाको लागि आफ्नो निजी जीवनभन्दा माथि उठेर तमाम अन्याय, अत्याचारका विरुद्धमा लडिरहने, न्यायको पक्षमा उभिएका सच्चा परिवर्तनकारीहरु देश र जनताका बफादार सिपाही हुन ।
अहिले एकथरी युवा पुस्ताहरु निराशाजनक परिस्थितिका सिकार भएका छन् । नेपालमा केही हुँदैन खतम भयो भन्ने मानसिकताबाट बाहिर आउन सकेका छैनन् । यो सत्य हैन गलत हो । सत्य के हो भने कुनै पनि राष्ट्र एकैपटक कायापलट भएका हैनन् । त्यो परिवर्तन हुनमा ठुलो क्षति मलेर मात्र सम्भव भएको हो । तपाईं हामीले देखेका ती विकसित मुलुकहरु त्यस देशका अघिल्लो पुस्ताका युवाहरुले, क्रान्तिकारीको त्याग र बलिदानबाट त्यो सम्भव भएको हो । हाम्रो देश पनि अरु देश भन्दा उच्च विकसित र सभ्य व्यवस्थाको प्रतिक बन्न सक्छ । त्यो सम्भव छ । त्यस्तो बनाउनको लागि अब हाम्रो पुस्ताले एकपटक निजी स्वार्थलाई लात हानेर देश र जनताको निम्ति बफादार सिपाही हुन जरुरत छ ।
हाम्रो देशमा नयाँ पुस्तालाई परिवर्तन विरोधी हावा फैलाउने क्रम नियमित गरिरहेका छन् । विभिन्न नाममा हामीलाई एक हुन नदिने विखण्डित बनाउने ठुलो संयन्त्र भैरहेको छ । यसलाई सबैले बुझ्न जरुरत छ । आजको युगमा कोही व्यक्ति राजनीति बिहिन छु र बन्छु भन्नु मुर्खता हो । अँ एउटा कुरा राजनीति गर्नु हुँदैन भन्नु नै त्यसभित्र ठूलो राजनीति छ भनेर बुझ्नुपर्छ । हरेक नागरिकले राजनीति बुझ्नु पर्छ सहि र गलत छुट्याउनै पर्छ ।
आज म तपाईंहरुलाई आफ्नै कथा सुनाउछु : साँच्चिकै भन्नु पर्दा अहिले मेरै उमेरका युवाहरू कोही लम्पट भएर आवारा तालमा डुलिरहेका छन् । देशमा केही हुँदैन भन्ने मानसिकताबाट विदेशका गल्ली गल्तीमा पनि होलान् केही आफ्नै बाध्यता अनि देशको नाजुक परिस्थिति पनि होला तर देशमा बसेर केही न केही गर्नैपर्छ । हाम्रो देशलाई यही अवस्थामा रहन दिने । टुलुटुलु हेरिरहने त्यो छुट छैन भन्ने सोचलाई सधै आत्मसात गरेर लडिरहेका त छौं । सबैले सोच्नुपर्ने ठाउँमा म लगायत केही युवाहरूले आँट त गरिरहेका छौं ।
आशाको यो संदेश सबैलाई पस्किने अवसर त पाएको छु । त्यसैले मोज, मस्ति, सुख र सयलको जिन्दगी जिउनेहरु डिप्रेसनको सिकारमा देखिन्छन् । आज सत्य भन्नुपर्दा संघर्षको मैदानबाट म खुसी छु । संघर्ष के हो मैले राम्रोसँग आत्मसात गरेको छु । परिवर्तनको बाटोमा लाग्दै गर्दा तिरस्कार के हो मैले पचाएको छु । मृत्युलाई नजिकैबाट नियालेको छु । असहयोग के हो राम्रोसँग बुझेको छु । जेलनेल के हो राम्रोसँग देखेको छु । भोक के हो त्यो त भोगिरहेको छु । वर्ग दुश्मन र वर्गमित्र राम्रोसँग चिनेको छु ।
हरेक हन्डर ठक्कर खाएर क्रान्तिको झोला बोकिरहेको छु । क्रान्तिको मोर्चाबाट म अत्यन्तै खुसि छु । किनकि यो सिमितले आँट गर्छन् । त्यसैले मेरो विचारमा पछिल्लो पुस्तालाई केही न केही नयाँपनको आवास दिलाउनु पर्छ भनेर निजी स्वार्थलाई तिलाञ्जली दिएर एकीकृत जनक्रान्तिको बफादार सिपाही बन्नुपर्छ । देश र जनताको सेवक बन्नुपर्छ । परिवर्तनको पक्षमा एक्लै भएपनि उभिनु पर्छ । सबैलाई त्यो बाटोमा उभ्याउनु पर्छ भन्ने हेतुले अनवरत सच्चा क्रान्तिकारी बन्नुपर्छ भनेर क्रान्तिको बाटोमा लागि रहेको छु । मैले हाम्रो पुस्तालाई निराशाबाट सम्भावनाको राजमार्गतिर डोर्याउने आँट गरिरहेको छु ।
त्यसो भए के परिवर्तन सम्भव छैन त: एक शब्दमा भन्नुपर्दा परिवर्तन सम्भव छ आंशिक परिवर्तन मात्र नभएर आमूल परिवर्तन निश्चयनै सम्भव छ ।
त्यो हाम्रै पालामा सम्भव छ । असम्भव त मृत्यु हो । सम्भावना देख्नु भनेको नयाँ जीवन हो । हाम्रो देशलाई नयाँ जीवन दिन सम्भव छ । त्यो नितान्त आवश्यक छ । त्यसको लागि एकीकृत जनक्रान्तिको बफादार सिपाही भएर, देश र जनताको असल सेवक बन्ने हो भने वर्तमान चलिरहेको निराशाको हावालाई यो देशका दलाल, भ्रष्ट, राष्ट्रघाती हाम्रो रगत र पसिनाको कमाइमा मोज र मस्ति गर्ने, देशलाई कंगाल बनाउने धमिरातिर फर्काएर परिवर्तनको शिरलाई सगरमाथा जस्तै अटल बनाउने हो भने आंशिक परिवर्तनको रक्षा गर्दै आमुल परिवर्तनको लागि सबैलाई बफादार सिपाही बन्ने चाह लाग्ने हो भने संभव छ।
देश संकट र चिन्ताजनक स्थितिमा गुर्जीरहेको छ । आर्थिक मन्दी, चर्को मूल्य वृद्धिले आकाश चुमेको छ । कलेज क्याम्पसका कोठाहरु खालि हुँदैछन् । विदेशी घरका कोठाहरु भरिँदै छन् । खेतबारी बाँझिएको छ । बुढा आमाबुबा बुढेसकालमा सहाराको आवास गरिरहेका छन् । मर्नेबेला जन्माएका छोराछोरीको हातबाट एक अञ्जुली पानी खान नपाएर,मलामी नपुगेर मर्ने हुँ भन्ने पिर छ । सहरका सटरहरु खाली हुँदै गएका छन् ।
लुटेरा, दलाल, भ्रष्टाचारीहरु मालिक हुँदै गएका छन् । हस्पिटलको बेडमा उपचार नपाएर बिरामी छट्पटीनु परेको छ । कुल राष्ट्र र जनताको सम्पत्ति भन्दा बढी सम्पत्ति २०० जना पुजिपतिका हातमा कब्जा छ । विश्वको ८ अर्ब जनसंख्याको सम्पत्ति बराबर १० जना विश्वका धनाड्डेसँग पुजी छ । विश्व अघोषित तेस्रो विश्व युद्धमा छ । यो सबै पुँजीवादको कमाल हो । देश यो अवस्थामा हुनु दलाल पुँजीवाद अनि वर्तमान संसदीय व्यवस्थाको उपहार हो । त्यसैले एकपटक सबैलाई अपिल छ । अझ भन्नुपर्दा विश्वभरी छरिएर बसेका नेपाली हाम्रो पुस्ताका युवालाई अपिल छ, के नेपाली विशेषता सहितको समाजवाद प्राप्त गर्न लड्न तयार हुनुहुन्छ ? के देश र जनताको लागि भोकै बस्न तयार हुनुहुन्छ ? के अन्याय र अत्याचारको विरुद्धमा ज्वाला ओकल्न सक्नुहुन्छ ? के निश्वार्थ नेपाललाई माया गर्न सक्नुहुन्छ ? के जनताको सेवक बन्न तयारी हुनुहुन्छ ? के म जस्तै क्रान्तिकारीको सहयोद्धा, क्रान्तिकारी मित्र बन्न सक्नुहुन्छ ? ,के क्रान्तिको झोला बोक्न तयार हुनुहुन्छ ? के देश र जनतालाई शिरमा राखेर बफादार सिपाही बन्न सक्नुहुन्छ ?
म त धेरै पहिलाबाट तयार छु, यो व्यवस्था मिल्काउन । तपाईं यदि तयार हुने हो भने हाम्रो पुस्ता सफल हुनेछ । हाम्रो अगाडि नेपाली विशेषताको समाजवाद छ । समाजवादमा देश र नेपाली जनताको उज्ज्वल जीवन छ । नेपाललाई साँच्चिकै नेपाल भएको हेर्ने सपना छ । बाकी तपाईंहरुबाट यी प्रश्नको जवाफ मागेको छु । एकपटक तपाईहरु सँगै परिवर्तनको बफादार सिपाही बन्न चाहेको छु ।
रमेश रावत 'विक्रान्त सी' । २०८१ असार ८