नेपाल बैंक लिमिटेडले जुम्ला बहमुखी क्याम्पसलाई पब्लिक बेञ्च सहयोग गरेको छ। बिहीबार एक कार्यक्रमका गरि पब्लिक बेञ्च हस्तान्तरण गरिएको नेपाल बैंक लिमिटेड जुम्लाका शाखा प्रबन्धक रवि भण्डारीले बताए।
‘त्रिभुवन विश्वविद्यालयले नेपाल बैंक लिमिटेडसँगै सहकार्य गरेको छ। आपसी समाजदारी पनि राम्रो छ,’ उनले भने, ‘वर्ष संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जुम्ला बहुमुखी क्याम्पसलाई पब्लिक बेञ्च हस्तान्तरण गरिएको हो।’
उनका अनुसार साडे तीन लाख बढीका २० वटा पब्लिक बेच्न सहयोग गरिएको छ। जसले जिल्ला भरिबाट क्याम्पसमा अध्ययनका निम्ति आउने तमाम विद्यार्थीहरुलाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।
क्याम्पस जस्तो पब्लिक प्लेसमा पब्लिक बेञ्चहरु सहयोग गरेको हुनाले नेपाल बैंक लिमिटेडप्रति आभारी रहेको जुम्ला बहुमुखी क्याम्पसका प्रमुख डा. ओम प्रकाश आचार्यले बताए।
‘केन्द्रको सम्झौता अनुसार हामीले नेपाल बैंक लिमिटेडबाट तमाम सहयोग पाइरहेका छौं,’ उनले भने, ‘यो सहयोग पनि त्यसैको निरन्तरता हो। आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेका छौं।’
नेपाल बैंकको सहयोगले विद्यार्थीलाई शान्त वातावरणमा पढ्ने माहोल मिलेको जुम्ला बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष महेश हमालले बताए।
‘जुम्ला बहुमुखी क्याम्पसको स्ववियुका तर्फबाट नेपाल बैंक लिमिटेडलाई हार्दिक धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘ यस अगाडि हामीले पब्लिक बेञ्चको व्यवस्था गरन सकेका थिएनौं। अब साह्रै सहज हुने भएको छ।’
महेश नेपाली । २०८१ साउन १७