जुम्लाका १४ जना उत्कृष्ट किसान पुरस्कृत

तस्बिर : प्रकाश विश्व कनका खबर

कृषि विकास कार्यलय जुम्लाले १४ जना उत्कृष्ट किसानलाई पुरस्कृत गरेको छ।

चालु आव २०८०/०८१ को स्वीकृत “प्रोत्साहन तथा बजार प्रवर्द्धन” कार्यक्रम अन्तर्गत ११ जना र सोहि कार्यालयको चालु आ ब २०८०/०८२ को स्वीकृत विर्षिक कार्यक्रम अनुसार संचालित” मुख्यमन्त्री उत्कृष्ट कृषक पुरुस्कार कार्यक्रम अन्तर्गत ३ जना गरि जम्मा १४ जना कृषकहरु प्रोत्साहित तथा पुरस्कृत भएका हुन।

बुधबार दिउँसो कृषि विकास कार्यलय आयोजना गरिएको सम्मान कार्यक्रममा कृषकहरुलाई सम्मान गरिएको हो।

उक्त कार्यक्रममा सम्मानित कृषकहरुको कृषि फर्ममा गई सर्वेक्षण गरि कृषकहरुलाई छनोट गरिएको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए।

उनका अनुसार पुरस्कृत सम्पूर्ण कृषकहरुले उत्पादन गर्दा अपनाउनु पर्ने सबै किसिमका नियमहरु अपनाएका छन्। कृषकहरुलाई कृषि क्षेत्रमा अझ बढि उत्साहित गर्न यस्ता खालका कार्यक्रमहरु गर्दै जाने देवकोटाको भनाई छ।

११ जना प्रोत्साहित हुनेहरुलाई जम्मा रु १७ हजार नगद राशी र प्रमाणपत्र दिईएको छ भने। प्रोत्साहित हुने किसानहरुमा दिप बहादुर शाही, नैनसिह रोकाया, बल बहादुर रोकाया, सुनकेसर्सा नेपाल, बल बहादुर रोकाया, मनसुर सुनार, तिलकन्या कार्की, सत्यदेवी बोहरा, हरिचन्द्र धिताल, भिम बहादुर बुढा, लाल बहादुर थापा रहेका छन्।

मुख्य मन्त्री उत्कृष्ट कृषक पुरस्कार तर्फ पुरस्कृत हुनेहरुमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ४० हजार, ३० हजार र २० हजार नगद राशी सहित प्रमाणपत्र दिइएको थियोे।

प्रथम हुने योङ्ग स्टार मल्टी एग्रो फार्मले सर्वेक्षण गर्दा ९८ अंक प्राप्त गरेको छ भने दोस्रो हुने दिनेश एग्रो फार्मले ९० अंक प्राप्त गरेको छ। त्यस्तै तृतीय हुने देवी कृषि फार्मले ८९ अंक प्राप्त गरेको छ।

प्रकाशित मितिः   २०८१ असार १९ at 9:22 pm 

  • कमेन्ट (Comment)