अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम अन्तर्गत जुम्ला जिल्ला फुटबल सङ्घले आयोजना गरेको जुम्ला जिल्ला फुटबल लिग, २०८१ प्रतियोगिताको फाईनल खेल आज सम्पन्न भएको छ। जेष्ठ २० गतेबाट सञ्चालन भएको लिग कम नकआउट खेल जेष्ठ २७ गते सेमिफाइनलको खेल भएको थियो।
सेमिफाइनलमा विनायक एकिकृत यूवा क्लब भर्सेस योङ्ग स्टार फुटवल क्लवको र लेकाली यूवा क्लब भर्सेस ढाँण थपाला यूवा क्लबको खेल रहेको थियो।
जसमा विनायकले १ का बिरुद्ध २ गोल गरि जित हाँसिल गरेको थियो भने ढाँण थपालले लेकालीलाई शुन्य मा रोकेर १ गोल गर्दै जित हाँसिल गरेको थियो।
सेमिफाइनलको खेल सम्पन्न भई सके पश्चात लेकाली यूवा क्लब र योङ्ग स्टार यूवा क्लबले अखिल नेपाल फुटबल संघलाई समेत बोधार्थ बनाई बिरोध पत्र जुम्ला जिल्ला फुटबल सङ्घलाई पेष गरेको थियो।
उक्त बिरोध पत्र उपर जुम्ला जिल्ला फुटबल संघले छानबिन गर्न सेमिफाइनल खेलेका चारै वटा क्लबको फाइल पुन: चेक जाँच गर्दा केहि समस्या आएको जुम्ला जिल्ला फुटबल सङ्घले पत्र जारी गरेको थियो।
उक्त पत्रमा उल्लेखित विवरण अनुसार चारै टिममा रहेका विवादित खेलाडीहरुलाई फाइनल खेल खेल्नबाट बन्चित गराइएकको थियो भने फाइनलमा पुगेका टिमलाई जम्मा रु २-२ लाख रुपैयाँ जरिवाना गरिएको थियो।
संघको यो निर्णय अनुसार फाइनल खेल असार ६ गते हुने भनिएको खेल ६ गते नै सम्पन्न भएको हो। बिहीबार सम्पन्न फाइनल खेलमा दुबै टिमको बराबर (१-१) गोल हुँदा खेल पेनाल्टी सुट आउटमा पुगेको थियो।
पेनाल्टी गराउँदा विनायक एकिकृत यूवा क्लवले ९ गोल गरेर प्रथम भएको हो भने भने ढाँण थपाला यूवा क्लब ८ गोल गरेर दोस्रो भएको हो।
प्रथम हुने विनायक एकिकृत यूवा क्लबले जम्मा नगद रु पचास हजार रासी सहित सिल्ड प्राप्त गरेकोहो। साथै दोस्रो हुने ढाँण थपाला यूवा क्लबले नगद रु २५ हजार रासी सहित सिल्ड प्राप्त गरेको छ।
विश्व प्रकाश । २०८१ असार ६