जिल्ला प्रहरी कार्यालय जुम्ला र जिल्ला ट्राफिक कार्यालय जुम्लाको संयुक्त आयोजना र युवा मानव अधिकार रक्षक सञ्जाल जुम्लाको समन्वयमा सवारी दुर्घटना न्यूनीकरण तथा सडक सवारी सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला भित्र सवारी दुर्घटना न्यूनीकरणका गर्न र सवारी साधन व्यवस्थित रुपमा सञ्चालन गर्न उक्त कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा युवा अधिकार तथा मानव रक्षक सञ्जालका अध्यक्ष पारस सुनारले युवाहरूले सवारी साधन चलाउँदा उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिए। उनले भने, “देश बनाउने भनेकै युवाले हो, त्यसैले सवारी चलाउँदा पूर्ण रूपमा होशियार हुन आवश्यक छ।”
सवारी चालक, सहचालक, यात्रु र सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले यस प्रकारका सचेतनामूलक कार्यक्रमले दुर्घटना न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
सडक दुर्घटना रोक्न यातायातका नियम पालना, नियमित सवारी परीक्षण र गन्तव्यको समयमा सुरक्षित यात्रालाई प्राथमिकतामा राख्नुपर्ने विषयमा विशेष रूपमा छलफल गरिएको थियो।
कार्यक्रमले जुम्ला जिल्लामा सवारी दुर्घटना न्यून गर्न थप प्रभावकारी उपायहरूको लागि स्थानीय प्रशासन, यातायात व्यवसायी र समुदायलाई एकजुट गराउन प्रयास गरेको आयोजककोभनाइ छ।
विश्व प्रकाश । २०८१ माघ ५