हिमा गाउँपालिकामा कांग्रेस केन्द्रीय सदस्य रामदेवी खड्कालाई बधाई तथा सम्मान

नेपाली कांग्रेस हिमा गाउँपालिका कार्यसमितिको आयोजनामा हिमा गाउँपालिका–स्थित बाँजागाडमा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित रामदेवी खड्कालाई कार्यक्रममा बधाई तथा सम्मान गरिएको हो।

हिमा गाउँपालिका कार्यसमितिका सभापति दन्तबहादुर शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य रामदेवी खड्का प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा नेपाली कांग्रेसका निवर्तमान जिल्ला सभापति दीपबहादुर शाही, जुम्लाका महाधिवेशन प्रतिनिधि धनबहादुर बस्नेत, कार्मा बुढालगायत कांग्रेसका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले आफूलाई बधाई तथा सम्मान गर्न कार्यक्रम आयोजना गरेकोमा नेपाली कांग्रेस हिमा गाउँपालिका परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै हिमा गाउँपालिकामा नेपाली कांग्रेसको नेतृत्वलाई पुनः विजयी गराउन सबै नेता तथा कार्यकर्तालाई एकजुट भएर लाग्न आग्रह गर्नुभयो।

त्यस्तै, कार्यक्रमका सभापति दन्तबहादुर शाहीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, नेता, कार्यकर्ता तथा उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्नुभयो।

नेपाली कांग्रेसको संगठन सुदृढीकरण र आगामी निर्वाचनमा पार्टीलाई थप मजबुत बनाउने उद्देश्यसहित आयोजित कार्यक्रममा केन्द्रीय सदस्य खड्कालाई सम्मान गर्दै सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरिएको थियो।

प्रकाशित मितिः   २०८३ मङ्सिर १ at 7:38 pm 

  • कमेन्ट (Comment)