जुम्लामा ब्राउन सुगरसहित एक युवक पक्राउ, अनुसन्धान सुरु

लागूऔषध ब्राउन सुगरको कारोबार तथा सेवन गरेको आरोपमा जुम्लाबाट एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा तातोपानी गाउँपालिका–२ जर्मीगाउँ निवासी ३२ वर्षीय कुशेन्द्र महत रहेका छन् ।

​जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार महतलाई कात्तिक ३० गते बिहान करिब ८:०० बजे नियन्त्रणमा लिइएको हो । उनीबाट ब्राउन सुगरको बिक्रीवितरण तथा सेवन भइरहेको भन्ने विशेष (गोप्य) सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। सोही क्रममा बाटोमा हिँडिरहेका महतमाथि शंका लागी जाँच गर्दा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

​प्रहरी कार्यालय ल्याएर गरिएको लागूऔषध परीक्षणमा उनको रिपोर्ट ‘पोजेटिभ’ (सेवन गरेको पुष्टि) आएको छ। पक्राउ परेका महतमाथि थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) चिरञ्जीवी दाहालले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्ला अदालत जुम्लाबाट पाँच दिनको म्याद थप गरी हाल यस विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मितिः   २०८३ मङ्सिर १ at 6:03 pm 

  • कमेन्ट (Comment)