नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा बस दुर्घटना भएको छ ।
विनयी त्रिवेणी गाउँपालिका-२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले जानकारी दिए । दुर्घटनामा अरु ११ जना घाइते भएका छन्।
प्रहरीका अनुसार नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस सडकबाट नालामा खसेको छ ।
उक्त बसमा चालकसहित १८ जना सवार रहेकोको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तीमध्ये २ जना सकुशल छन् ।
घाइतेमध्ये एक जना गम्भीर छन् । उनलाई उपचारको लागि चितवनको भरतपुर पठाइएक प्रमुख जिल्ला अधिकारी उपाध्यायले जानकारी दिए । बाँकीको डण्डामै उपचार भइरहेको छ ।











कनका खबर । २०८३ असोज १७