पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेता प्रस्तावित

एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको वरिष्ठ नेता बनाउने भएको छ ।
पार्टी सचिवालयको आजको बैठकले भण्डारीले वरिष्ठ नेता बनाउने  निर्णय गरेको हो । अब केन्द्रीय कमिटीले  उनको नाम अनुमोदन गर्ने छ ।

एमालेले गत फागुनको चुनावमा हारेपछि पार्टीभित्र समीक्षा गर्दै जेठमा सदस्यता  खुलाउने निर्णय गरेको थियो ।

त्यो अघि एमालेले  राष्ट्रपति भएर देशको अभिभावकत्व गरिरहेको व्यक्ति पार्टी राजनीतिमा आउन नमिल्ने तर्क गर्दै भण्डारीको सदस्यता रोकेको थियो ।

सात वर्ष  भन्दा बढी राष्ट्रपति भएर बाहिरिएकी भण्डारी पुन: पार्टी राजनीतिमै  आउन चाहेकी थिइन्  ।  तर पार्टीभित्रको शक्ति सन्तुलनमा उनको निर्णायक भूमिका हुने देखिएपछि अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले उनको पुन: राजनीतिक सक्रियतालाई रोकेका थिए ।

प्रकाशित मितिः   २०८३ असोज ८ at 3:25 pm 

  • कमेन्ट (Comment)