ग्यास नपाएको भन्दै सडकमै खाना पकाएर विरोध

खाना पकाउने ग्यास नपाएको विरोधमा अनेरास्ववियु क्रान्तिकारीले सडकमै खाना पकाएर सरकारको विरोध गरेको छ ।
ग्यास नपाएको भन्दै उनीहरूले सरकारको विरोधमा काठमाडौंको आरआर क्याम्पस अगाडिको सडकमा खाना बनाएका छन् ।

उनीहरूले सडकमै ईंटा राखेर चुलो बनाउनुका साथै दाउरा बालेर खाना बनाएका छन् भने सडकमै बसेर खाना खाएका छन् ।

प्रकाशित मितिः   २०८३ भाद्र २५ at 12:17 pm 

  • कमेन्ट (Comment)