नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले एक तोला सुन र सत्तरी हजार नगद चोरीको आरोपमा स्वही पार्टीकी राजापुर नगरपालिका नगर उपाध्यक्ष लक्ष्मी चौधरीलाई चोरीको आरोप लगाएका छन्।
संरक्षक चौधरीले उपाध्यक्ष लक्ष्मी विरुद्ध जिल्ला प्रहरी कार्यलय गुलरिया बर्दियामा उजुरी दर्ता गराएका थिए।
त्यसपछि गुलरिया देखि प्रहरी टोलि नगर उपाध्यक्षलाई घर देखि समातेर गुलरिया पुगाएको थियो। नागरिक उन्मुक्तिका केही नेताले नाम नखुलाउने सर्तमा, ‘सरक्षक ज्युले मात्रै प्रतिसोध साधेको बताएका छन्।’
राजापुर नगरपालिकामा नागरिक उन्मुक्ती पार्टीका कार्यकर्ताले रेशम चौधरी विरुद्ध केही समय नारा समेत लगाएका थिए।
कनका खबर । २०८१ साउन २०