बागमती प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअनुसार सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँट र जिम्मेवारी टुंग्याउने काम अन्तिम चरणमा पुगेको छ ।
एमालेले मुख्यमन्त्रीसहित २ मन्त्रालय, नेपाली कम्युनिस्ट पार्टीले २ मन्त्रालय र राप्रपाले ३ मन्त्रालय पाउने गरी दलहरुबीच बाँडफाँट भएको छ ।
आन्तरिक विवादका बीच सरकारलाई समर्थन गरेको राप्रपाबाट राजेन्द्र प्रजापति, राजु विष्ट र गिरबहादुर तामाङलाई मन्त्री बनाउने तयारी छ। उनीहरुले पाउने मन्त्रालय भने टुंगिन बाँकी छ ।
मन्त्री बन्ने तयारीमा रहेका राप्रपा प्रदेशसभा सदस्य राजु विष्टले मन्त्रीको सपथग्रहण आज अपराह्न ४ बजेका लागि तय भएको अनलाइनखबरलाई बताएका छन् । ‘मन्त्रीको सपथ ४ बजेलाई छ । हामीले
बागमतीमा राप्रपाबाट ३ मन्त्री, ४ बजे सपथको तयारी
बागमती प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअनुसार सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँट र जिम्मेवारी टुंग्याउने काम अन्तिम चरणमा पुगेको छ ।
एमालेले मुख्यमन्त्रीसहित २ मन्त्रालय, नेपाली कम्युनिस्ट पार्टीले २ मन्त्रालय र राप्रपाले ३ मन्त्रालय पाउने गरी दलहरुबीच बाँडफाँट भएको छ ।
आन्तरिक विवादका बीच सरकारलाई समर्थन गरेको राप्रपाबाट राजेन्द्र प्रजापति, राजु विष्ट र गिरबहादुर तामाङलाई मन्त्री बनाउने तयारी छ। उनीहरुले पाउने मन्त्रालय भने टुंगिन बाँकी छ ।
मन्त्री बन्ने तयारीमा रहेका राप्रपा प्रदेशसभा सदस्य राजु विष्टले मन्त्रीको सपथग्रहण आज अपराह्न ४ बजेका लागि तय भएको अनलाइनखबरलाई बताएका छन् । ‘मन्त्रीको सपथ ४ बजेलाई छ । हामीले संसदीय दलबाट निर्णय गरेर सरकारलाई समर्थन गरेका छौं,’ उनले भने ।
राप्रपा संसदीय दलका नेता उद्धव थापाले बागमतीमा एमालेबाट मुख्यमन्त्री बन्न लागेका किरण थापामगरलाई समर्थन रहेको पत्र पठाएका थिए । तर राप्रपा प्रमुख सचेतक कुमारी तामाङले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई छुट्टै पत्र पठाउँदै राप्रपाले सरकारलाई दिएको भनिएको समर्थन अनधिकृत रहेको जिकिर गरेकी थिइन् ।
पार्टीको नीति विपरीत काम गरेको भन्दै दलका नेता थापालाई राप्रपाले कारबाहीको तयारी गरेको छ ।
तर विष्टले त्यसप्रति आफूलाई कुनै चासो नरहेको प्रतिक्रिया दिए । पार्टीले कारबाही गर्ने भनेको छ यस्तो अवस्थामा तपाईंहरू कसरी अगाडि बढ्नुहुन्छ भन्ने अनलाइनखबरको प्रश्नमा विष्टले भने, ‘त्यो कुरा के हो थाहा भएन । हेर्दै जाउँ, बुझौं के हुन्छ ।’
उनले संसदीय दलका नेता थापाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएकी कुमारी तामाङ प्रमुख सचेतक नै नरहेको समेत बताए । ‘उहाँ पहिल्यै हटिसक्नु भएको छ,’ विष्टले भने । संसदीय दलबाट निर्णय गरेर सरकारलाई समर्थन गरेका छौं,’ उनले भने ।
राप्रपा संसदीय दलका नेता उद्धव थापाले बागमतीमा एमालेबाट मुख्यमन्त्री बन्न लागेका किरण थापामगरलाई समर्थन रहेको पत्र पठाएका थिए । तर राप्रपा प्रमुख सचेतक कुमारी तामाङले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई छुट्टै पत्र पठाउँदै राप्रपाले सरकारलाई दिएको भनिएको समर्थन अनधिकृत रहेको जिकिर गरेकी थिइन् ।
पार्टीको नीति विपरीत काम गरेको भन्दै दलका नेता थापालाई राप्रपाले कारबाहीको तयारी गरेको छ ।
तर विष्टले त्यसप्रति आफूलाई कुनै चासो नरहेको प्रतिक्रिया दिए । पार्टीले कारबाही गर्ने भनेको छ यस्तो अवस्थामा तपाईंहरू कसरी अगाडि बढ्नुहुन्छ भन्ने अनलाइनखबरको प्रश्नमा विष्टले भने, ‘त्यो कुरा के हो थाहा भएन । हेर्दै जाउँ, बुझौं के हुन्छ ।’
उनले संसदीय दलका नेता थापाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएकी कुमारी तामाङ प्रमुख सचेतक नै नरहेको समेत बताए । ‘उहाँ पहिल्यै हटिसक्नु भएको छ,’ विष्टले भने ।

कनका खबर । २०८३ भाद्र ४