सदनलाई प्रभावकारी बनाउन प्रतिनिधि सभा बैठक अघि सभामुख र सचेतकबिच छलफल

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा सहभागी दलका मुख्य सचेतक तथा सचेतकसँग छलफल गर्नुभएको छ।
असार ३१ गतेपछि स्थगित प्रतिनिधि सभाको बैठक साउन १४ गते बिहीबार बस्दै छ। सोही बैठकको पूर्वसन्ध्यामा सभामुख अर्यालले दलका मुख्य सचेतक र सचेतकहरूलाई डाकेर छलफल गर्नुभएको हो।
छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलकी सचेतक क्रान्तिशिखा धितालले दुई साताको स्थगनपछि बस्न लागेको सदनलाई कसरी प्रभावकारी ढङ्गले अगाडि बढाउने भन्ने विषयमा छलफल भएको जानकारी दिनुभयो। उहाँका अनुसार आगामी दिनमा संसदीय कार्यसूची (बिजनेस) धेरै आउने र व्यस्तता बढ्ने जानकारी सभामुखले गराउनुभएको छ।
सचेतक धितालले भन्नुभयो, “हामी संसदीय अभ्यासमा नयाँ छौँ, कतिपय कुरा सिक्दै जाने हो। कतिपय कुरा मतदातालाई चित्त नबुझेको पनि हुन सक्छ। प्रतिपक्षको आवाजका विषयमा प्रधानमन्त्रीसँग पनि छलफल भइरहेको छ। केही दिनमा सहमति जुटाएर सदनलाई शान्त ढङ्गले अगाडि बढाउने विश्वास लिएका छौँ।”

प्रकाशित मितिः   २०८३ साउन १२ at 3:28 pm 

  • कमेन्ट (Comment)