जुम्लामा बेहाेस अवस्थामा फेला परेकाे मानिसकाे मृत्यु

जुम्लामा बेहाेस अवस्थामा फेला परेकाे मानिसकाे मृत्युभएकाे छ । जुम्ला कनकासुन्दरी गाउँपालिका ८ भण्डारीवाडा बस्ने सन्त बहादुर भण्डारीकाे मुत्यु भएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएकाे छ ।

उक्त गाउँकै अनिल भण्डारी , गाेपाल सार्की , सन्त बहादुर भण्डारी र जीवन बुढा मदिरा सेवन गरि अनिल भण्डारीकाे घरमा सुतिरहेको र साउन ७ गते बिहान सन्त बहादुर भण्डारी बेहाेस अवस्थामा फेला परेका प्रहरी कार्यालयले जनाकारी दिएकाे छ ।

भण्डारीकाे नाक र मुखबाट रगत बगीरहेकाे र उनलाई उपचारका लागि जुम्ला स्थित कर्णाली स्वास्थ्य  विज्ञान प्रतिष्ठानमा ल्याइएकाे थियाे । उनकाे स्वास्थ्य अवस्था जटिल भएकाे र उपचार सम्भव नभएकाे भन्दै प्रतिष्ठानले नेपालगञ्ज स्थित नेपालगञ्ज न्यूराे मेडिकलमा थप उपचारका लागि रिफर गरेकाे थिथाे ।

घाईते अवस्थामा रहेकाे भण्डारीलाई नेपाली सेनाकाे हेलिकप्टरद्वारा नेपालगञ्ज लगिएकाे थियाे । उनकाे उपचारकै क्रममा साउन ११ गते बिहान ९ बजे चिकित्सकले मृत घाेषणा गरेका जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएकाे छ ।

प्रकाशित मितिः   २०८३ साउन ११ at 4:00 pm 

  • कमेन्ट (Comment)