प्रदेशमा गिजोलिएको राजनीतिको असर नयाँ बजेटमा

सात वटै प्रदेशमा यतिबेला सरकार फेरबदलका लागि नयाँ राजनीतिक समीकरण बनेको छ । सोही अनुसार दलहरूबीच सहमति र असहमतिका खबर सार्वजनिक भइरहेका छन् । तर, यसले सबैजसो प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को बजेटलाई भने गिजोलेको छ ।
विवादबीच सबै प्रदेशले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनले तोकेको मिति १ असारमै बजेट सार्वजनिक गरेका थिए । तर, अस्थिर राजनीतिका कारण सबै प्रदेशको बजेट विवादित बन्न पुग्यो ।

विवादकै कारण सुदूरपश्चिम प्रदेशको बजेट अझै पास भएको छैन । अन्य प्रदेशका बजेट पास गराउन समेत प्रदेश सरकारहरूले ठूलो सकस बेहोर्नुपरेको छ ।

बागमती प्रदेशको बजेट असार तेस्रो साता बहुमतले पास भयो । बागमती प्रदेश सरकारले चालु आवका लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो ।

प्रकाशित मितिः   २०८३ साउन १० at 7:52 pm 

  • कमेन्ट (Comment)