राष्ट्रिय खाेप कार्यक्रम अन्तर्गत जुम्लाका ५८ सय बढी बालबालिकालाई आईपीभी.खाेप लगाइने भएकाे छ। जुम्लाका पाँच हजार आठ सय २८ बालबालिकालाई पाेलियाे भाइरस विरुद्दकाे आईपीभी खाेप लगाइने भएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकाेटाले बताए।
उनका अनुसार जेठ १३ देखि २६ गते सम्म देशव्यापी रुपमा आईपीभी खाेप अभियान संचालन हुँदैछ। साेही अभियान अन्तर्गत जुम्लाका आठ पालिकामा दुई चरणमा खाेप अभियान संचालन हुनेछ।
‘पहिलाे चरणमा जेठ १३ गतेदेखि १५ गतेसम्म पातारासी, गुठीचाैर, चन्दननाथ र ताताेपानीमा खाेप अभियान संचालन हुनेछ,’ उनले भने, ‘दाेस्राे चरणमा जेठ १८ गतेदेखि २० गतेसम्म तिला, हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा खाेप अभियान संचालन हुनेछ।’
खाेप अभियान अन्तर्गत २०७३ बैशाख देखि २०७५ असाेज सम्म जन्मीएका मात्र ५ देखि ८ वर्ष उमेर समुहका ५ हजार ८ सय २८ बालबालिकालाई मात्र आईपिभी खाेप लगाइने लक्ष्य राखिएकाे छ।
जुम्लामा मंगलबार आईपीभी खाेप अभियानबारे खाेप समन्वय समिति र पत्रकारहरुसँग अन्तरक्रिया गरिएकाे छ। खाेप अभियानलाई सफल बनाउन सबैले आआफ्नाे ठाउँबाट सहयाेग गर्ने प्रतिवद्दता गरेका छन्।
जिल्ला समन्वय समितिका प्रमुख गाैरीनन्द आर्चायले जुम्लामा खाेप अभियानलाई सफल बनाउन जनप्रतिनिधि, कर्मचारी, प्रहरी प्रशासन र पत्रकारहरुले सहयाेग गर्नु पर्ने बताए। उनले भने, ‘शिक्षा विकास तथा समन्वय ईकाइले सबै विद्यालयमा खाेप अभियानबारे जानकारी गराई सबै बालबालिकालाई खाेपकाे पहुँचमा ल्याउन सहयाेग गरिदिनु पर्छ।’
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले राेग प्रतिराेधात्मक क्षामता बढाउन खाेप अति नै आवश्यक रहेकाे बताए। उनले भने, ‘लक्षित बालबालिका नछुट्न नदाेहाेरिनका लागि प्रचार प्रचारमा जाेड दिनु पर्नेछ। पाेलियाे उन्मुलन राष्ट्र घाेषणा गरे पनि छिमेकी मुलुकमा याे राेग देखा परेकाेले सजक हुनु पर्छ।’
प्रकाश उपाध्याय । २०८१ जेष्ठ १