गुठिचौर गाउँपालिकाको बजेट ३४ करोड ७९ लाख भन्दा बढी

जुम्ला – जुम्लाको गुठीचौर गाउँपालिकाले गाउँ सभाको २१ औँ अधिवेशनमा ३४ करोड ७९ लाख २५ हजार ९७० रुपियाँ १९ पैसाको बजेटसहित नीति तथा कार्यक्रम पेश गरेको छ ।

आर्थिक वर्ष ०८२/०८३ मा गाउँपालिकाको आन्तरिक स्रोत तर्फ ३० लाख, बित्तिय समानिकरण अनुदानमा १० करोड ७० लाख, प्रदेश सरकार बित्तिय समानिकरण अनुदानमा १ करोड १२ लाख ९९ हजार रुपियाँ रहेको छ । यस्तै संघीय राजश्व बाँडफाँड तर्फ ९ करोड ४९ लाख ४ हजार ५ सय ९ रूपैयाँ , कर्णाली प्रदेश राजश्व बाँडफाँड तर्फ १ करोड ४० लाख ४ सय ६१ रूपैया १९ पैशा र सशर्त अनुदान तर्फ १० करोड ६७ लाख रुपियाँको बजेट रहेको छ ।

अनुदान चालू पुजि १३ लाख ४२ लाख २ हजार, कर्णाली प्रदेश शसर्त चालू अनुदान तर्फ १ करोड ३४ लाख २२ हजार, संघीय समपुरक अनदान तर्फ १ करोड ४० लाख र कर्णाली प्रदेश विशेष अनुदान तर्फ २५ लाख बजेट रहेको छ ।

दानसाँगु देखि पालिका सम्म करिडोर निर्माण तथा १ र २ वडाका विधार्थीहरुका लागि सार्वजनिक यातायातको व्यवस्था गर्ने लगायतका नीति तथा कार्यक्रमहरु सार्वजनिक गरिएको छ।

प्रकाशित मितिः   २०८२ असार १० at 7:50 pm 

  • कमेन्ट (Comment)