जुम्लाका एकै घरका पाँच जना परिवार बेहोस 

जुम्लाको सिंजा गाउँपालिका – ३ काँडा गाउँमा एकै घरमा पाँच जना परिवार बेहोस भएका छन्। बेहोस हुनेमा सोहि गाउँका तिर्थ बुढाकाे परिवार रहेको छ

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बुधबार राति खाना खाइसकेपछि उनीहरू बेहोस भएका थिए। तिर्थकी ३२ वर्षीया श्रीमती नैनकली बुढा, छोरीहरू; १२ वर्षकी छोरी प्रतिक्षा बुढा, वर्ष १० की प्रतिमा बुढा, वर्ष ५ की प्रकृति बुढा र दुई वर्षका छाेरा युगान्त बुढा एकै साथ बेहोस भएका हुन्।

आफु सदरमुकाम खलंगा बजार काम विशेषले गएको र बेलुकाकाे खाना दही र गहुँको राेटी खाएपछि एकासी आँखा पाेल्ने, पेट पाेल्ने र आन्द्रा बटारिने लक्षण देखा पर्दा सबै परिवार बेहोस भएको तिर्थले बताए।’

तिर्थका अनुसार राति १२ बजे एम्बुलेन्सबाट सिंजादेखि जुम्लाको प्रतिष्ठानमा ल्याइएको थियो। अहिले उपचार भइरहेको र क्रमिक रूपमा सुधार भइरहेको छ।

तिर्थले भने, ‘बाेल्न सक्ने र आँखा हेर्न सक्ने भइरहेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बेहोस हुनुको कारणबारे थाहा भएको छैन। अनुसन्धान भइरहेको छ।

प्रकाशित मितिः   २०८२ असार ५ at 11:45 am 

  • कमेन्ट (Comment)