
जुम्ला : जुम्लामा ट्याक्टर दुर्घटनाहुँदा १ जनाकाे मृत्युु भएको छ भने ४ जना घाइते भएका छन् ।
साेमबार राती ९ बजे लु २ त १११५ नम्बरको ट्याक्टर जुम्ला एयरपोर्ट बाट चन्दननाथ ९ काे तलिउम तर्फ जाँदै गर्दा अनियन्त्रित भइ चन्दननाथ नगरपालिका -७ स्थित खल्लाचौरमा दुर्घटनाहुँदा १ जनाकाे मृत्यु र ४ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरिक्षक राेहित रसाइलीले जानकारी दिएका छन् ।
मृत्युु हुनेमा चन्दननाथ नगरपालिका – ९ का वर्ष ४८ का जोखी सार्कीको उपचारको क्रममा गएराती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरिक्षक रसाइलीले बताएका हुन ।
घाइते हुनेमा चन्दननाथ नगरपालिका – ९ तलिउमका वर्ष २९ कि देबु सार्कि, तलिउमकै ३५ वर्षकी मैनामुरली सार्की र चन्दननाथ – ९ तलिउमकै वर्ष ४८ की रंगा सार्की र ट्याक्टर चालक वर्ष २२ का सन्तोष सार्की रहेकाे रसाइलीले बताएका छन्।
सडक बाट करिव २० मिटर तल खसेको थियो । अहिले घाईतेहरुलाई उद्धार गरी उपचारको लागी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पुर्याईएको छ। घाइतेहरूकाे अवस्था सामान्य रहेकाे जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।










कनका खबर । २०८२ असार ३