जुम्लाकाे सिंजा गाउँपालिका पूर्णखाेप सुनिश्चितता घाेषणा भएकाे छ। शनिबार सिंजा गाउँपालिका पुर्ण खोप सुनिस्चित घोषणा भएको हो।
हरेक वर्ष गरिने कार्यक्रमनुसार खाेप उमेर समुहका सबै बालबालिका खाेपकाे पहुँचमा पुगेपछि सिंजालाई पूर्ण खाेप सुनिश्चितता तथा दिगाेपना पालिका घाेषणा गरिएकाे सिंजा गाउँपालिका स्वास्थ्य शाखा संयोजक ललित रोकायाले बताए।
उनका अनुसार खाेप उमेर समूह ०-१५ महिनाका २४१ बालबालिका पूर्णखाेपकाे पहुँचमा पुगेका छन्। जस अन्तर्गत वडा नं. १ का ४६, वडा नं. २ का ३१, वडा नं ३ का ३५, वडा नं ४ का २२, वडा नं ५ का ४९ र वडा नं ६ का ४७ जना गरि कुल २४१ बालबालिका छन्।
भविष्यमा राष्ट्रकाे अब्बल र दक्ष जनशक्ति निर्माणका लागि अहिले बालबालिकाे स्वास्थ्यमा लगानी गर्नु पर्ने सिंजा गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धितालले बताए।
‘पालिकाले बालबालिकाे स्वास्थ्य शिक्षामा विशेष जोड दिनेछ,’ उनले भने, ‘स्वास्थ्य क्षेत्रकाे विकासका लागि सिंजाले नीतिग रुपमै प्रथामिकता दिनेछ।’
राेग प्रतिराेधात्मक क्षामता बढाउनका लागि पनि खाेप अनिवार्य लगाउनु पर्ने सिंजा गाउँपालिकाकि प्रमुख प्रशासकिय अधिकृत पवित्रा शाहीले बताइन्।
उनले भनिन्, ‘पूर्ण खाेप लगाएकै कारण बाल बच्चालाई कुनै पनि राेगले नछुने भएकाेले बच्चालाई खाेपबाट छुटाउन हुँदैन।’
प्रकाश उपाध्याय । २०८१ बैशाख ३०