१९ औं लोकतन्त्र दिवसको अवसरमा नेकपा एमाले जुम्लाको फलफूल वितरण कार्यक्रम 

नेकपा एमाले जुम्लाले १९ औं लोकतन्त्र दिवसको अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सम्पुर्ण विरामीहरुलाई फलफूल वितरण गरेको छ।

उक्त दिवस संघिय राजधानी काठमाडौंमा भब्यताका साथ मनाउँदै गर्दा जुम्लामा बिरामीलाई फलफूल वितरण गरेर मनाईएको नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा जुम्ला निर्वाचन क्षेत्र ‘क’ का ईन्चार्ज भिम बहादुर थापाले बताए ।

नेपालमा लोकतान्त्रिक अभ्यास हाल सम्म पूर्ण ढङ्गले स्थायित्व हुन नसकेको र यसका स्थायित्वका लागि नेकपा एमालेले बिभिन्न कार्यहरु गर्दै आईरहेको उनले बताए। सो कार्यक्रम बाट रचनात्मक तथा श्रृजनात्मक सन्देश प्रवाह गर्न खोजेको थापाको भनाई छ।

त्यस्तै नेपाली जनताका लागि दिगो शान्ति, समृद्धि र सामाजीक न्यायको विकासका लागि लोकतन्त्र अब्बल ब्यवस्था रहेको नेकपा एमाले जुम्लाका पार्टी सचिव मान बहादुर रोकायले बताए। साथै उनले भने; लोकतन्त्रलाई स्थायित्व दिन समग्र देश बासीले सोच्न पर्ने छ।

यस अवसरमा बिरामीको स्वास्थ्य अवस्था बुझ्न र फलफूल वितरण गर्न पाउनु खुसीको क्षण रहेको नेकपा जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियु जिल्ला कमिटी उपाध्यक्ष लोकेन्द्र बुढाले बताए। लोकतान्त्रिक अभ्यासले युवाहरुलाई नेतृत्वको अवसर दिएको हँदा सो ब्यवस्था अति उत्तम रहेको बुढाको बुझाई छ।

फलफूल वितरण गर्दै गरेका तस्वीरहरु:

प्रकाशित मितिः   २०८२ बैशाख ११ at 4:16 pm 

  • कमेन्ट (Comment)