जुम्ला। गुठिचौर गाउँपालिका-१ द्वारा ५० वटा दलित परिवारलाई निःशुल्क ग्यास सिलिन्डर र चुलो वितरण गरिएको छ। प्रत्येक दलित परिवारलाई एक-एक सेट ग्यास सिलिन्डर र चुलो वितरण गरिएको वडाध्यक्ष अर्जुनकुमार महताराले बताए।
उनले भने; हाम्रो उद्देश्य आर्थिक रूपमा कमजोर समुदायलाई सहयोग गर्नु र उनीहरूको दैनिकी सहज बनाउनु हो।दाउराको प्रयोग घटाउँदा वातावरण संरक्षणमा पनि टेवा पुग्ने उनको भनाइ छ।
यो कार्यक्रमले दलित समुदायको आधारभूत आवश्यकतामा पहुँच बढाउन भएको गुठिचौर गाउँपालिकाकी उपाध्यक्ष शान्तिकुमारी मल्ल (भण्डारी) ले बताईन्। “ग्यास र चुलोले उनीहरूको भान्सालाई सुविधाजनक बनाउनुका साथै महिलाहरूको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्ने उनको बुझाई छ।
वडामै ग्यास र चुलो पाएपछि दलित परिवारहरूमा खुसी छाएको छ। यो पहलले दाउराको भरमा चल्ने परम्परागत भान्साबाट आधुनिक र स्वस्थ जीवनशैलीतर्फ उनीहरूलाई डोर्याउने अपेक्षा गरिएको छ।वडाध्यक्ष महताराले आगामी दिनमा यस्ता कार्यक्रमलाई अन्य समुदायमा पनि विस्तार गर्ने योजना रहेको जानकारी दिए।











कनका खबर । २०८१ फाल्गुन २६