नाम्म गमगडी सडक खण्डको जिरो प्वाइन्टबाट पिज गर्न हिमाका राजनीतिक दलको माग

हिमा गाउँपालिकाका राजनीतिक दलहरुलेफनाग्म-गमगडी सडककाे प्रवेशद्वार जिराे प्वाईन्टबाटै स्तरोन्नति र कालोपत्रे गर्न माग गरेका छन्।

मंगलबार गाउँपालिकामा बसेको सर्वदलीय बैठकले सडकको स्तरोन्नति बीच भागबाट नभई सुरुआत बिन्दुबाटै गर्नुपर्ने निर्णय गरेको हो।

बैठकमा उपस्थित राजनीतिक दलका प्रतिनिधिहरूले सडकको प्रवेशद्वारमा खाल्डाखुल्डी रहेकाले त्यस क्षेत्रमा पनि कालोपत्रे गर्ने माग राखेका छन्।

प्रवेशद्वार क्षेत्रमा काम नगरी बीच खण्डबाट मात्रै कालोपत्रे, ग्राभेल जस्ता कार्य गरिएको भन्दै हिमाका राजनीतिक दलले असन्तुष्टि जनाएका छन्।

उनीहरूले सन् २०६९ मा सञ्चालनमा आएको ९३ किलोमिटर दुरीको यो सडकलाई व्यवस्थित बनाउने कार्य प्रवेशद्वारबाटै सुरु गर्न जोड दिएका छन्।

सडकका कारण रारा तालमा पुग्ने पर्यटकहरूले झेल्ने कठिनाइलाई मध्यनजर गर्दै गाउँपालिकाले छिटो कालोपत्रेको काम अघि बढाउन सरकारसँग अपिल गर्ने निर्णय गरेको छ।

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीका अनुसार स्थानीय दलका प्रतिनिधिहरूको सहमतिमा नाग्म-गमगडी सडकको कालोपत्रे प्रक्रिया अघि बढाउने निर्णय गरिएको हो।

उनले भने, “सडक डिभिजन जुम्लालाई जिराे प्वाईन्टबाटै कालोपत्रे सुरु गर्न माग गर्दै छाैं। प्रदेश र संघीय सरकारसँग पनि बजेटको व्यवस्थापन गरी छिटो पिचको काम सम्पन्न गर्न अपिल गर्नेछाैं।”

नाग्म-गमगडी सडकको ६ किलोमिटर खण्ड डेढ दशकपछि मात्रै कालोपत्रे गरिएको छ। हाल सडकको राेकायाबाडादेखि मालिकाबाेता खण्डमा कालोपत्रे भएको छ भने, जिरो प्वाईन्ट क्षेत्रमा पर्ने हिमा गाउँपालिकामा भने यो काम बाँकी छ।

हिमाका स्थानीयका अनुसार जुम्लाको सडक डिभिजनले बजेट अभावका कारण काम अघि बढाउन नसकेको जनाएको छ।

गत वर्षको बेमौसमी बाढीले कर्णाली राजमार्गमा क्षति पुर्‍याएपछि अन्य योजना र सडक स्तरोन्नतिमा पनि असर परेको र आवश्यक भुक्तानी बाँकी रहेको बताइएको छ।

हालको आर्थिक वर्षको बजेटमा नाग्म-गमगडी सडककालागि छुट्टै बजेटको व्यवस्था नभएकोले सडक डिभिजनले बजेट प्राप्त भएमा मात्रै कालोपत्रेको कार्य अघि बढाउन सकिने जनाएको छ।

प्रकाशित मितिः   २०८१ कार्तिक २१ at 10:59 am 

  • कमेन्ट (Comment)