पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका आरोहीमध्ये निर्मल पुर्जा (निम्स दाइ) सहित तीन आरोहीको शव आधार शिविर ल्याइएको छ ।
प्रतिनिधिसभा सदस्य मिङ्माडेभिड शेर्पाले यसको पुष्टि गरेका हुन् । उनका अनुसार पूर्जासहित जोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव संकलन गरी आधार शिविर ल्याइएको छ ।
शव संकलन मिङ्मा जीको नेतृत्वमा भएको थियो । सांसद शेर्पाले कठिन उद्धारका लागि उद्धार टोलीप्रति आभार व्यक्त गरेका छन् । उनका अनुसार तीन आरोहीको अझै शव भेटिएको छैन ।
गत शुक्रबार पाकिस्तानकाे ब्राेड पिक आराेहण क्रममा आएकाे हिमपहिराेमा परी पुर्जासहित ६ नेपाली र ४ विदेशी गरी १० मृत्यु भएकाे थियाे ।










कनका खबर । २०८३ साउन २०