
तस्बिर : कनका खबर ग्राफिक्स
कर्णाली अनुपम सौन्दर्यले भरिपूर्ण क्षेत्र हो। नेपालको कुल क्षेत्रफलको २७९८४ वर्ग मिटर( १०८०५ वर्ग माइल) देशको लगभग १८.९७% भू-भाग ओगटेको छ।
विगतको कुरा गर्दा कर्णाली एक शक्तिशाली राज्य थियो। खस राज्यको उद्गम स्थल नै कर्णाली हो।
सुन्दताले भरिपूर्ण कर्णालीमा रारा ताल, फोक्सुणडाे ताल कान्जिरोवा पातरासी हिमाल नेपालकै ठूलो पचाल झरना, गुरु चन्दनाथ, भैरवनाथ जस्ता मनै लोभ्याउने धार्मिक स्थल र पर्यटकीय गन्तव्यहरु छन्।
संसारकै अग्लो ठाउँमा धान फल्ने क्षेत्र कर्णाली हो। पाण्डव गुफा, विराट दरबार कैलाश पर्वत पर्यटकीय गन्तव्य र संजिवनी बुटी अर्थात यार्सागुम्बा र अन्य जडिबुडी पाइने ठाउँ हो, कर्नाली।
कर्णालीमा के चाहिँ छैन छैन त? केबल राज्यको ध्यान पुगेको छैन, यहाँ।
यार्सागुम्बा लगायत अन्य जडिबुडीको हामीले व्यवसायिक रुपले खेति गर्न सक्यौं भने त झन् देशको स्तर माथि उकासिनुका साथै यहाँका बासिन्दाहरुको जीवनस्तर नै कायापलट हुन्थ्यो।
देशले आर्थिक लाभ लिनुका साथै समुन्नतीको बाटोमा अगाडि बढ्थ्यो।
कर्णाली राज्यले चिन्न नसकेको सुनको अन्डा हो। तर धेरै कुरामा प्रचुर सम्भावना बोकेको कर्णाली राज्यबाट जहिले पनि हरेक कुरामा तिरस्कृत, अपहेलित र अपमानित हुँदै आएको छ।
राज्यबाट सौतेनी व्यवहार खेप्दै आइरहनु परिरहेको छ। मानौंकी यो नेपालको भूभाग नभएर अर्को छुट्टै रास्ट्र हो भने जस्तो व्यवहार पाइरहेको छ कर्णालीले।
राज्यले हरेक चोटि हरेक बजेट भाषणमा अन्य एक जिल्लामा जाने बजेट सिङगो कर्णालीको बजेट बराबर हुन्छ अनि कहाँबाट कर्णालीमा विकास हुन्छ?
जबसम्म राज्यले कर्णाली प्रति हेर्ने नजरीया बदलिदैन अनि राज्य कर्णालीलाई के दिइरहेको छ भनेर सोच बदलिदैन तबसम्म कर्णाली पछाडि परिरहन्छ।
बजेट लगायत अन्य कुरामा राज्यले भेदभाव गर्न छोडेमा मात्र कर्णालीको मुहार फेरिने सम्भावना छ। त्यही सोच बदल्न जरुरी छ।
हामी सबैले यहाँका स्थानीय तहकाका राजनीतिक दलका नेताहरु अनि नागरिक अगुवाहरु आफू एकतृत भएर दबाब सिर्जना गरि ध्यान खिच्न सकेको अवस्थामा मात्र कर्णालीको भविस्य उत्ज्वल छ।
कर्णालीले रोइलो होइन संघर्ष गरिरहेको छ इतिहासदेखि आजसम्म। अबका दिनमा पनि कर्णाली संघर्ष गरि नै रहनेछ।
कविन्द्र महत । २०८१ असार २९