पाण्डव गुफामा प्रहरी अस्पतालको विशेषज्ञ स्वास्थ्य शिविर, २०९ जनाले पाए सेवा

कर्णाली प्रदेश प्रहरी अस्पतालको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जुम्ला जिल्लाको कनका सुन्दरी गाउँपालिका वडा नं. ८ स्थित पाण्डव गुफा स्वास्थ्य चौकीमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

हाडजोर्नी तथा नसारोग सम्बन्धी विशेषज्ञ सेवा सहित सञ्चालन गरिएको शिविरमा २०९ जना सर्वसाधारण नागरिकलाई सेवा प्रदान गरिएको थियो। अस्पताल प्रमुख प्रनाउ डाक्टर श्यामकृष्ण लौडारी सहित सात जना स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको थियो। शिविरका क्रममा ११ जनालाई हाडजोर्नी सम्बन्धी माइनर प्रोसिजर सेवा समेत प्रदान गरिएको प्रहरीले जनाएको छ।

उक्त कार्यक्रममा दामोदर आचार्य को प्रमुख आतिथ्यता तथा जिल्ला प्रहरी कार्यालय जुम्ला का कार्यालय प्रमुख चिरञ्जीवी दाहालको विशेष उपस्थिति रहेको थियो।

प्रकाशित मितिः   २०८३ जेष्ठ १३ at 10:28 am 

  • कमेन्ट (Comment)