फुटबल अन्वेषण गर्दै टिपटोय एकेडेमीको कर्णाली यात्रा 

जुम्लामा फुटबल प्रेमि हरुको रुचिलाई मध्यनजर राख्दै टिपटोय एकेडेमीले कर्णाली यात्रा सुरु गरेको छ। पछिल्लो समय जुम्लाका किशोर किशोरीहरुको फुटबल प्रति देखिएको रुचिलाई हराउन नदिन बिनायक एकिकृत क्लब जुम्लाले जुम्लामा टिपटोय एकेडेमीको शाखा स्थापना गरेको छ।

जहाँ बालबालिकालाई भर्ना गरि हप्ताको ६ दिन फुटबल अभ्यास गराईने गरिन्छ। सो अनुरुप बिनायक एकिकृत क्लब, चन्दननाथ ४ मालाभिडले वैशाख ३१ गते जुम्लामा एक कार्यक्रमको आयोजना गरेएको हो।

उक्त कार्यक्रममा टिपटोय एकेडेमीका सिईओ सुवास न्यौपाने, अध्यक्ष गौरव बस्नेत लगायत जुम्लाका प्रमुख जिल्ला अधिकारी राम बहादुर शाही, नं ३३ त्रिपुरा गण सशस्त्र प्रहरी बल जुम्लाका एस. एस. पी निलकमल आचार्य, नेपाल आर्मीका बरिष्ठ मेजर रामेस्वर कार्की, जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख रविन बाबु रेगमी साथै एकेडेमीका खेलाडीहरुको उपस्थिती रहेको थियो।

जुम्ला पुगेका टिपटोय एकेडेमीका सिईओ र अध्यक्ष द्वारा टिपटोय एकेडेमीका खेलाडीहरुले थुप्रै कुरा सिक्ने छन् भन्ने प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले अपेक्षा ब्यक्त गरेका छन्। व्यवसायिक रुपमा फुटबल एकेडेमीको सुरुवातले जुम्ला बाट राष्ट्रिय खेलाडी समेत उत्पादन हुन सक्ने शाहीको भनाई छ। उनले भने; खेल क्षेत्रमा अनुशासनको खाँचो हुँदा एकेडेमीमा खेलाडिहरुले अनुशासन सिक्न अतिआवश्यक छ।

खेलाडी द्वारा विश्वमै आफ्नो देशको पहिचान हुने जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख रविन बाबु रेग्मीले बताए । उनले भने; देशको स्तर मापन गर्ने एउटा माध्यम खेलकुद पनि हो ।

शरिर स्वस्थ नभए सम्म केहि गर्न नसक्ने हुँदा स्वास्थ्य नै धन हो भन्ने बुझाई राखि खेल क्षेत्रमा अघि बढ्न उनले खेलाडिलाई सुझाव दिएका छन्।

जुम्लाको फुटबल जगतमा बिनायक एकिकृत क्लबले गरेको योगदान बरे नेपाल पत्रकार महासंघ जुम्लाका उपाध्यक्ष नौरते नेपालीले चर्चा गरेका हुन। उनले भने; उक्त क्लब र जुम्लाको खेलकुद विकासमा नेपाल पत्रकार महासंघ जुम्ला हातेमालो गर्न तत्पर रहने छ।

जुम्लाका फुटबल खेलाडि हरुको सर्वाङ्गीण विकास गर्न तत्पर रहेको बिनायक एकिकृत क्लबलाई सहयोग गर्न सम्पुर्ण सरोकारवालाहरुको सहयोगको अपेक्षा गरेको सोहि क्लबका बरिष्ठ उपाध्यक्ष दिपेन्द्र विक्रम हमालले बताए। उनकाअनुसार क्लबले जुम्ली फुटबल खेलाडीहरूलाई दक्ष खेलाडी बनाउने लक्ष लिएको छ।

क्लबको उन्नति प्रगतिका लागी आफ्नो योगदान अनवरत रूपमा रहने उक्त क्लबका अध्यक्ष नरेन्द्र मल्लले जाहेर गरेका छन्। उनले सुनाए; आजकै दिनमा ७३ जनाले एकेडेमीमा भर्ना गरेका छन्। साथै क्लब माथि गरिएको अपेक्षा टुट्न नदिने मल्लले प्रतिबद्धता गरेका छन्।

प्रकाशित मितिः   २०८२ जेष्ठ २ at 12:04 pm 

  • कमेन्ट (Comment)